माधवप्रसाद पोखरेल
(माधवप्रसाद पाेखरेलबाट अनुप्रेषित)
प्रा.डा.माधवप्रसाद पोखरेल (२००५)को जन्म कोशी अञ्चल अन्तर्गत सुनसरी जिल्लाको विजयपुरमा भएको हो । उनले भाषाविज्ञानमा विद्यावारिधि गरेका छन् । उनी त्रिभिवन विश्वविद्यालयमा धेरै वर्ष प्राध्यापन गरी केही वर्षअघि मात्र निवृत्त भएका हुन् । नेपालका भाषाविद्हरूमा पोखरेल अगुवामा गनिन्छन् ।
कृतित्व
सम्पादन गर्नुहोस्२०२८ तिर धरानबाट निस्कने गरेको विजयध्वनि पत्रिकामा प्रकाशित संस्कृत शब्द चिन्ने तरिका लाई पोखरेलको पहिलो रचनाका रूपमा लिइन्छ । पोखरेलका अन्य कृतिहरू यसप्रकार रहेका पाइन्छन् ः
- वाक्यस्तरीय व्याकरण (२०५३),
- नेपाली वाक्यव्यारण (२०५४),
- मेरो मान्छे (निबन्ध २०५४),
- ध्वनिविज्ञान र नेपाली भाषाको ध्वनि परिचय (२०५७),
- नागदहको स्थिति (निबन्ध २०५९),
- गार्गीको गाँठो (निबन्ध सङ्ग्रह २०६२),
- नेपाली साहित्यकोश (.सम्पादन २०५५),
- जनकलाल शर्माका निबन्ध (सम्पादन २०५८),
- लिम्बू-नेपाली-अंग्रेजी शब्दकोश (सम्पादन २०५९),
- गोरखापत्रका एकसय एक निबन्ध (२०५९),
पुरस्कार/सम्मान
सम्पादन गर्नुहोस्- महेन्द्र विद्याभूषण (सन् १९९७),
- डा.गणेश भण्डारी पुरस्कार (२०५६),
- जापान फाउन्डेसन फेलोसिप अवार्ड(सन् १९९४),
- वाणी पुरस्कार (२०६१),
- गद्दी आरोहण रजत महोत्सव पदक (सन् १९९७),
- रिमाल सम्मान ( २०५४) । [१]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ प्रभात, विष्णु (२०७०), साहित्यकार-कलाकार परिचयकोश, काठमाडौं : नेपाल प्रज्ञा प्रतिष्ठान ।