माइकल जेम्स हट (जन्म ११ अक्टोबर १९५७) नेपाली र हिमाली शिक्षाका स्कूल अफ ‌ओरिएन्टल एन्ड अफ्रिकन स्टडीज, लन्डन यूनिभर्सिटी (नेपालीमा: ‌लन्डन विश्वविद्यालयको ओरिएन्टल र अफ्रिकी अध्यनको विभाग) का प्रध्यापक हुन्। उनी आधुनिक र समयकालीन नेपाली साहित्यको अध्ययनमा अनुवादक र विश्लेषकको रूपमा संलग्‍न छन्। उनले नेपाली राजनीति, नेपाली कला र वास्तुकला, नेपाली प्रिन्ट मीडियामा सेन्सरशिप, र भूटानी शरणार्थीको विषयमा पनि लेखेका छन्।

जीवनी र करियर सम्पादन गर्नुहोस्

माइकल हटले सेन्ट ऑस्टेल ग्रामर स्कूल, र सेन्ट ऑस्टेल सिक्सत फार्म कॉलेजमा आफ्नो अध्ययन सुरु गेरेका थिए। उनले दक्षिण एशियाली अध्ययन (हिन्दीमा) मा बीए पूरा सन् १९८० मा गरे। उनले सन् १९८४ मा नेपाली भाषा र नेपाली  साहित्यमा विध्यावारिदी गरे। सन् १९८७ मा उनी एसओएएस (स्कूल अफ ‌ओरिएन्टल एन्ड अफ्रिकन स्टडिज) मा जहाँ उनले विध्यावारिदी गरेका थिए त्यहाँ एक ब्रिटिश एकेडेमी पोस्टडक्टोरल फेलोको रूपमा फर्किए, र त्यस बेलादेखि उनी नेपालसँग सम्बन्धित शिक्षण र अनुसन्धानमा संलग्‍न रहेको छन्। [१]

सन् २०११ मा नेपाल एकेडेमीका कुलपतिले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली साहित्यको अध्ययन प्रबर्धन गरेको निरन्तर समर्पणका लागि हटलाई नाई डेरूखा अन्तर्राष्ट्रिय पुरस्कारद्वारा सम्मानित गरे। [२]

प्रकाशनहरू सम्पादन गर्नुहोस्

लिखित पुस्तकहरु सम्पादन गर्नुहोस्

हट, माइकल (सन् २०१०) भूपी शेरचनको जीवन: पोस्ट-राणा नेपालमा कविता र राजनीति। नयाँ दिल्ली: अक्सफोर्ड विश्वविद्यालय प्रेस।

हट, माइकल र चेत्री, लिल बहादुर (सन् २००८) हल्दी रंगको पहाड। न्यू योर्क: कोलम्बिया विश्वविद्यालय प्रेस।

हट, माइकल (सन् २००३) नागरिकहरूबाट देशहीन: संस्कृति, राष्ट्रियता र भूटानबाट शरणार्थीहरूको उडान। अक्सफोर्ड विश्वविद्यालय प्रेस।

हट, माइकल र सुवेदी, अभि (सन् १९९९) आफैलाई नेपाली सिकाउनुहोस्। नेपाली बुझ्‍न, बोल्न र लेख्‍न पूर्ण पाठ्यक्रम। लन्डन: होडर हेडलाईन।

हट, माइकल (सन् १९९७) आधुनिक साहित्यिक नेपाली: एक परिचयकर्ता पाठक। अक्सफोर्ड विश्वविद्यालय प्रेस (नयाँ दिल्ली)।

हट, माइकल (सन् १९९६) देवकोटाको मुना-मदन: अनुवाद र विश्लेषण। काठमाडौं: साझा प्रकाशकण।

हट, माइकल (सन् १९९४) नेपाल: काठमाडौं उपत्यकाको कला र वास्तुकलाका लागि एक मार्गनिर्देशन। गार्टमोर: किस्काडेल पब्लिकेशन

हट, माइकल (सन् १९९१) हिमालयी आवाज: आधुनिक नेपाली साहित्यको एक परिचय। बर्कले: क्यालिफोर्निया विश्वविद्यालयको प्रेस। (एशियाका आवाजहरू)

हट, माइकल (सन् १९८८) नेपाली: एक राष्ट्रिय भाषा र त्यसको साहित्य। नयाँ दिल्ली र लन्डन: स्टर्लिंङ प्रकाशकहरू र ओरियन्टल र अफ्रिकी अध्ययन स्कूल।

सम्पादित पुस्तकहरु सम्पादन गर्नुहोस्

हट, माइकल, सम्पादन, (सन् २००४) हिमालयन 'जनयुद्ध': नेपालको माओवादी विद्रोह। लन्डन: सी हर्स्ट एण्ड को

हट, माइकल, सम्पादन, (सन् १९९४) भुटान: द्वन्द्व र मतभेदको बारेमा छलफल गार्टमोर: किस्काडेल पब्लिकेशन

हट, माइकल, सम्पादन, (सन् १९९४) नेपाल नब्बेको दशकमा: विगतका संस्करणहरू, भविष्यका परिकल्पनाहरु नयाँ दिल्ली: अक्सफोर्ड विश्वविद्यालय प्रेस

सन्दर्भ सामाग्रीहरु सम्पादन गर्नुहोस्

  1. "SOAS Wins Queen's Anniversary Prize for Higher Education:News:Languages:Award:Prize", अन्तिम पहुँच २०१२-१०-२२  वेब्याक मेसिन अभिलेखिकरण २०१२-१०-२० मिति
  2. "Hutt Wins Award for Promoting Nepali Literature to the World", SOAS: NEWS, अन्तिम पहुँच २०१२-१०-२२  वेब्याक मेसिन अभिलेखिकरण २०१३-०८-०१ मिति

बाह्य लिंकहरू सम्पादन गर्नुहोस्