महेन्द्र पाल चौधरी को जन्म सन् १९४२ फरवरी ९ मा भएको हो । महेन्द्र पाल चौधरी गणतन्त्र फिजीे का एक राजनेता हुन् । उनी फिजी लेबर पार्टीका नेता हुन् । सन् १९९९ मई १९ मा उनी गणतन्त्र फिजीको प्रधानमन्त्री बने, उनी फिजीमा प्रथम भारतीय –फिजीयाइ प्रधानमन्त्री हुन् । तर उनी प्रधानमन्त्री बनेको ठीक एक वर्ष पछि १९ मई २००० मा उनलाई तथा उनका अधिकांश मन्त्रीहरूलाई जार्ज स्पीटले बन्धक बनाएका थिए । उनी ५६ दिन सम्म बन्धक बनाएर राखिएका थिए ।

Mahendra Chaudhry
महेन्द्र पाल चौधरी
Chaudhry in 2015
Prime Minister of Fiji
कार्यकाल
19 May 1999 – 27 May 2000
राष्ट्रपतिKamisese Mara
पूर्वाधिकारीSitiveni Rabuka
उतराधिकारीTevita Momoedonu
व्यक्तिगत विवरण
जन्म (1942-02-09) ९ फेब्रुअरी १९४२ (उमेर ८२)
Ba, British Fiji (present-day Fiji)
राजनीतिक दललेवर पार्टी
जीवन साथीVirmati Chaudhry (m. 1965)
सन्तान(हरू)3

पारिवारिक पृष्ठभूमि सम्पादन गर्नुहोस्

मुलतः महेन्द्र चौधरीको वंशावली भारतको उत्तरी राज्य हरियाणाको रोहतक जिल्लामा अवस्थित बहु जमलपुर भन्ने गाँउमा रहेको छ । उनका हजुरबुवा, राम नाथ चौधरी, सन् १९१२ मा भारतबाट फिजी एक उखुको खेतमा काम गर्ने मजदुरको रूपमा गएका थिए ।राम नाथ चौधरीका २ छोरा (कृष्ण गोपाल चौधरी र राम गोपाल चौधरी) र एउटी छोरी (राज कुमारी) थिए । महेन्द्र चौधरीको बुवाको नाम राम गोपाल चौधरी, राम नाथ चौधरीका कान्छो छोरा हुन् । राम गोपाल चौधरीका सात छोराछोरी (पाँच छोरा र दुई छोरी) मध्ये महेन्द्र चौधरी जेठो सन्तान हुन् ।en:Mahendra Chaudhry

राजनीतिक जीवन यात्रा सम्पादन गर्नुहोस्

सन् १९८५ सम्पादन गर्नुहोस्

सन् १९८५ मा महेन्द्र चौधरीको सहयोगमा फिजी लेर्वर पार्टी को स्थापना भएको थियोे । यो पार्टीले स्थापना भएकै साल सन् १९८५ को चुनावमा आफनो उपस्थिति देखाउने मौका पाएको थियो । विजय रघुवर सिंह को राजीनामा पछि फिजी लेर्वर पार्टीले महेन्द्र चौधरीलाई चुनावको लागि अघि सारेको थियो । सन् १९८५ को चुनावमा महेन्द्र चौधरीले झिनो मतान्तर (जम्मा २०४ मत) ले हारेका थिए ।

सन् १९८५ सम्पादन गर्नुहोस्

सन् १९८७ मा पहिलो पटक संसदीय चुनावमा जित हासिल गरेका थिए । एउटा अडिटरको रूपमा काम गरेका चौधरीले फिजीमा व्याप्त रहेको भ्रष्टाचारलाई हटाउन काम शुरु गरेका थिए । फिजीमा भएको सत्ता पलटका घटनाले गर्दा त्यहाँ बसोवास गर्ने भारतीय समुदायले महेन्द्र चौधरीलाई राजनितीमा योग्य व्यक्तिको रूपमा लिने गरेका थिए । फिजीमा बस्ने भारतीय फिजीहरूलाई संविधानमा रहेको विभेदकारी नीति मन परेको थिएन । फिजीमा बस्ने भारतीय मूलका नागरिकलाई अधिकार दिलाउन मुख्य भूमिका खेलेका थिए ।

सन् १९९९ सम्पादन गर्नुहोस्

सन् १९९९ को चुनावमा भूतपुर्व प्रधानमन्त्री शिटभिनी रबुकालाई हराएर एतिहासिक जित हासिल गर्दै महेन्द्र चौधरी फिजीको पहिलो इन्डो फिजीयन प्रधानमन्त्री बन्न सफल भएका थिए ।

पुरस्कार सम्पादन गर्नुहोस्

सन् २००४ मा भारतद्वारा महेन्द्र चौधरीलाई प्रवासी भारतीय सम्मान पुरस्कारबाट सम्मान गरिएको थियो । यो पुरस्कार प्रत्येक वर्ष प्रवासी भारतीय दिवसको अवसरमा भारतीय राष्ट्रपतिद्वारा प्रदान गरिन्छ । यो पुरस्कार विदेशमा बसेका भारतीय जसले आफनो क्षेत्रमा असाधारण योगदान दिने भारतीय व्यक्तीलाई प्रदान गरिन्छ ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

  1. https://www.britannica.com/biography/Mahendra-Chaudhry
  2. https://www.youtube.com/watch?v=NN15kk5bcgU