महामृत्युञ्जय मन्त्र
महामृत्युञ्जय मन्त्र वा त्रियम्बकं मन्त्र ऋगवेद(७।५९।१२)मा उल्लेखित र यजुर्वेदमा पुन उल्लेख गरिएको मन्त्र हो। यो मन्त्रले त्रियम्ब्क वा त्रि नेत्र भएको वा रुद्र, शिवकै स्वरुप, लाई सम्बोधन गर्दछ। यसमा मार्कण्डेय ऋषिले मृत्यु विजेता मानिने शिवको स्तुति गरेका छन्।
यो मन्त्रको अर्थ मार्कण्डेय ऋषिलाई मात्र थाहा थियो । पछि उनले यो मन्त्र चन्द्रमा , सतीदेवीलाई दिए ।
मन्त्र
सम्पादन गर्नुहोस्ॐ त्रियम्बकं यजामहे, सुगन्धिं पुष्टिवर्धनं
उर्वारुकमिव बन्धनान् मृत्योर्मोक्षिय मामृतात्
- भावार्थ
ॐ
त्रियम्बकं =हे त्रिनेत्र (महादेवको नाम)
यजामहे=प्रार्थना गर्दछौ
सुगन्धिं =सुवासित(
पुष्टिवर्धनं= जीवकारक,शक्तिकारक
उर्वारुकमिव =लहरादार फल (काक्रो)
बन्धनान् =लहरा (वन्धन)
मृत्योर्मोक्षिय =मृत्यु बाट मोक्ष
मा अमृतात् =अमरता
यसलाई मृत्युसँग विजय पाउने महा मृत्युञ्जय मन्त्र भनिन्छ। यस मन्त्रको धेरै नाम र रूप छन्। ऋषिमुनिहरूले यसलाई वेदको हृदयको भनेर ब्याख्या गरेका छन्। चिन्तन र ध्यानका लागि प्रयोग गरिने अनेक मन्त्रमध्ये गायत्री मन्त्रसँग यस मन्त्रको सर्वोच्च स्थान छ।
सरल अनुवाद
सम्पादन गर्नुहोस्हामी त्रिनेत्रीय वास्तविकताको चिन्तन गर्छौँ जसले जीवनको मधुर परिपूर्णतालाई पोषित गर्छ र बृद्घि गर्छ। ककडी जस्तै हामी यसको तनबाट मुक्त छौँ अमरत्वबाट होइन मृत्युबाट हो ।