पुकुलुकु एउटा लोकप्रिय युट्युब च्यानल हो जसमा विभिन्न नेपाली बालगीतहरुको एनिमेशन गरिएका भिडियोहरु उपलब्ध छन् । हालसम्म यसका २ लाख ८० हजारभन्दा बढि सब्स्क्राईबारहरु रहेका छन । यसमा रहेका भिडियोहरु थ्रिडीमा बनाईएका छन् । यसमा रहेका २२ वटा भिडियोहरुको कूल भ्यूज दश करोडभन्दा बढी रहेको छ ।

यो च्यानलको स्थापना सन् २०१७ मा कुखुरी काँ नामक भिडियो अपलोड गरेर गरिएको थियो । यो भिडियोलाई हालसम्म १६ मिलियन भन्दा बढिपटक हेरिसकिएको छ । पुकुलुकुमा सबैभन्दा बढि हेरिएको भिडियो कागदाजैकागदाजै हो । यो भिडियोलाई १९ मिलियनपटक हेरिसकिएको छ । यो च्यानलको संस्थापक सन्तोष पौड्याल र पवित्ररत्न शाक्य हुन् । यीनीहरुको आर्कोआईरिस नामक आफ्नै प्रोडक्शन हाउस पनि रहेको छ । जसबाट थुप्रै नेपाली विज्ञापनहरु पनि निर्माण भईरकेका छन् ।