सामग्री

खुवा : १ किलो

घिउ : ४ पाउ

मसलाका लागि नरिवलको धूलो, गुँड, काजु, बदाम, चिनीको धूलो आवश्यकताअनुसार।

विधि

खुवालाई घिउमा हालेर घोट्ने। घिउ र खुवा मज्जाले मिसिएपछि केही समय त्यत्तिकै राखेर चिसो हुन दिने। त्यसपछि भाँडामा निकालेर किस्तीमा राख्ने। त्यसमा नरिवल, खरबुजा, बदाम, गुँड, काजु सबैको धूलो हाल्ने। सबै मसला हालेर केहीबेर मोलेपछि चिनीको धूलो हालेर डल्लो पार्ने।