भाषामनोविज्ञानबीचको बहुआयामिक अन्तरसम्बन्धहरूको अध्ययनलाई नै मनोभाषाविज्ञान भनिन्छ। यसमा भाषाको प्रयोग (वा प्रयोगको अभाव) ले दिमागमा पार्ने प्रभाव र दिमागी अवस्थाले भाषा बुझाई र प्रयोगमा पार्ने प्रभाव दुवैलाई अध्ययन गरिन्छ। यसको ध्येय दिमाग वा मस्तिषकमा कसरी भाषाको संसाधन र प्रसोधन हुन्छ भन्ने बुझेर कसरी दिमागले बोलिने र नबोलिने (जस्तै, साङ्केतिक) भाषा कसरी बुझ्छ भन्नेबारे सम्पूर्ण प्रक्रियाहरू पत्ता लगाउनु नै हो। यसमा भाषा बुझाइ मात्र नभएर भाषाको उत्पादन, अर्थात् बोलिचाली वा सङ्केत जनाउने कामको पनि जाँच हुन्छ।

मनोभाषाविद्हरूले व्यवहारको अवलोकन, ई.ई.जी., एफ.एम.आर.आाई., आदि विविध विधि प्रयोग गर्दै भाषा र दिमागको सम्बन्ध उजागर गर्दछन्।