मनाङ- मर्स्याङ्दी क्लबको इतिहास

युरोपेली फुटबलमा अत्यधिक चर्चित उखान जस्तै 'अरू टिम प्रतियोगितामा सहभागिता जनाउन खेल्छन् । जर्मनीचाहिँ ट्रफीको लागि खेल्छ ।' किनभने जर्मन टिमको जितिरहने परम्परा हतपत तोडिँदैन । करिब त्यस्तै अवस्था नेपाली क्लब फुटबलमा मनाङ मस्र्याङ्दीको पनि रहेछ । किनभने मनाङले आफ्नो स्थापनाकाल बाटनै उपाधि जित्न सुरु गरेको थियो ।

पहिलो वर्ष २०३९ मा मनाङ मस्र्याङ्दी 'डी' डिभिजन च्याम्पियन बनेको थियो । त्यसपछि लगातार सी, बी हुदै मनाङले २०४२ मा 'ए' डिभिजन सहिद स्मारक लिग पनि जित्यो । माथिल्लो श्रेणीको लिग उपाधिमा ह्याटि्रक नै गर्यो । कीर्तिमान ६ पल्ट लिग जित्यो । नकआउट पनि निरन्तर जित्दै गयो । एकै सिजन ५ ट्रफी कब्जा गर्न भ्यायो । यसपालि एनसेल कप च्याम्पियन हदै मनाङले उपाधि संख्या ३० पुर्‍याएको थियो ।

मनाङ मस्र्याङ्दीले आफ्नो फुटबल यात्राको सुरुवाती ३० वर्षमा कुल ३० उपाधि जितेको थियो त्यसलाई '३० मा ३०' पनि चिनिने गरिन्छ । वास्तवमा यति छोटो अवधिमा सर्वाधिक सफलता हासिल गर्ने नेपाली क्लब मनाङ मस्र्याङ्दी नै हो ।

नेपाली फुटबल व्यावसायिक भइसकेको छैन । बल्ल अर्ध-व्यावसायिक अवस्थामा संघर्षरत छ । फुटबलमा गरेको लगानी बालुवामा पानी हालेजस्तै भइरहेको छ । अर्थात् लगानी उठ्ने अवस्था छैन । तैपनि मनाङ मस्र्याङदी खर्च गर्न हिच्किचाउँदैन । स्टार खेलाडी देख्यो कि जति मूल्य परे पनि टपक्कै टिप्ने गरेको छ । त्यसैले नेपाली फुटबलमा 'रियल म्याडि्रड'को रूपमा उसको छवि बनेको छ । पोर्चुगिज ट्याक्टिसियन जोसे मोउरिन्होले सम्हालेयता स्पेनी महारथी रियलले स्टारका निम्ति ठूलो लगानी गर्न छाडेको छ । मनाङ मस्र्याङ्दीलाई पनि उस्तै मान्नुपर्छ । किनभने उसले गत वर्षको लिगपछि स्टारको जमातलाई निरन्तरता दिएन । त्यसयता टिममा जुनियर खेलाडीको बाहुल्य छ । कप्तान अनिल गुरुङ सबैभन्दा सिनियर हुन् । जुनियर सेटले नै उसलाई पछिल्ला तीन उपाधि -आहा गोल्डकप, सिमरा गोल्डकप र एनसेल कप) दिलाएको हो । विगतमा मनाङ मस्र्याङ्दी राष्ट्रिय खेलाडीले भरिएको हुन्थ्यो । बी, सी वा डी डिभिजनको प्रतियोगिता नै किन नहोस्, उसको पहिलो रोजाइमा ७-८ राष्ट्रिय खेलाडी हुने गर्थे । त्यसैले पनि मनाङ मस्र्याङदीले सुपरस्टारको टिमको रूपमा पहिचान बनाएको हो । उसको २०३९-४४ र ०५६-६० को टिमलाई 'डि्रम टिम' भनिन्छ । नेपाली फुटबलकै उत्कृष्ट मिडफिल्डर मणि शाहसहित विराटजंग शाही, केसाङ लामा, अजर अधिकारी, राजु गुरुङ, अमीर लामा, अमृतदेव पन्त, मुकेश शाही सम्मिलित अञ्जित बस्नेत नेतृत्वको मनाङ मस्र्याङ्दीले सी, बी र ए डिभिजन लिग च्याम्पियन हुने क्रममा तीन वर्ष -२०४०-४२) एक गोल पनि खाएको थिएन । ए डिभिजन लिग लगातार तीनपल्ट जितेको थियो । 'युवाको बाहुल्य र सधैं जितिरहने भएकाले त्यसबेला मनाङ मस्र्याङ्दीलाई एमएमसी -मान्छे मार्ने क्लब) भन्थे', विराटजंगले भने । कुमार थापाको नेतृत्वमा वसन्त थापा, वसन्त गौचन, राजेश थापा, राजेश शाही, नारायण मानन्धर, दीपक लामा, विनोद डंगोल, प्रकाश देवान, अनिल सुब्बा, राजन रायमाझी भएको मनाङ मस्र्याङदीले २०५६-६० मा दुई लिग र ६ नकआउट जितेको थियो । थप चार फाइनल पनि खेल्यो । प्रशिक्षक अर्जुन लामाले सम्हालको बेला २०५९-६० मा यसले लगातार ५ उपाधि जित्यो । उसले वर्थ-डे कप-२०५६ को सेमिफाइनलमा आरसीटीलाई ९-१ र फाइनलमा पुलिसलाई ६-१ ले पराजित गरेको थियो । चर्चित खेलाडीहरू राजु शाक्य, उमेश प्रधान, अर्जुन लामा, दीपक अमात्य, उपेन्द्रमान सिंह, बालगोपाल महर्जन, चेत नारायण श्रेष्ठ, टासी छिरिङ, सागर थापा, सन्दीप राईले झन्डै अर्जेन्टिनीजस्तो देखिने हरियो-सेतो धर्से जर्सी लगाइसकेका छन् । त्यसैले मनाङ मस्र्याङ्दीबाट कहिल्यै नखेलेका खेलाडी सम्झन मुस्किल पर्छ । जो कोही खेलाडीले पनि कुनै दिन मनाङ मस्र्याङदीबाट खेल्ने सपना बुन्ने गर्छन् । आखिर किन ? 'आदर्श खेलाडीले खेलेको र लोकपि्रय क्लब पछ्याउने चलन छ,' पूर्वकप्तान कुमार थापाले खेलाडीको रोजाइबारे भने, 'मनाङका पदाधिकारी फुटबल भनेपछि हुरुक्कै हुन्छन् । पैसामा लोभ गर्दैनन् । नेपाली फुटबलकै अधिकतम सुविधा दिन्छन् । यस्तोमा बिनाटेन्सन फुटबल खेल्न सकिन्छ । त्यसैले मनाङ मस्र्याङ्दी खेलाडीको पहिलो रोजाइ हुँदै आएको छ ।' मणि शाह, वसन्त थापाले खेलेको क्लबबाट खेल्न पाउनु नै गर्विलो अनुभव भएको हालका कप्तान अनिल बताउँछन् । झगडाले जन्माएको क्लब ठमेल देउराली क्लब अर्थात् ठमेल ११ विरुद्ध थ्रीस्टार । जित्ने टिम ए डिभिजनमा उक्लने थियो । २०३८ को उक्त खेलमा थ्रीस्टारले एक गोलको अग्रता लिएपछि ठमेलका खेलाडी र दर्शकले झगडा गर्न थाले । रेप|mी पिटे । खेल बिथोलियो । चार खेलाडीसहित ठमेल फुटबलबाट निलम्बित भयो । कुनै बेला पोतला क्लबबाट खेल्ने मनाङेहरूले फुटबल चटक्कै त्याग्न सकेनन् । राजधानी बसाइँ सरेर व्यवसाय गर्दै आएका उपल्लो मनाङेको अगुवाइमा तुरुन्तै क्लब दर्ता गरिहाले, मस्र्याङ्दी मनाङ । पछि मनाङलाई अगाडि सारेर मनाङ मस्र्याङ्दी बनाइयो । सबै गाउँका प्रतिनिधि समेट्दै हिमाली जिल्ला जोडेर राजधानीमा सुरु गरेको यात्रामा मनाङ मस्र्याङ्दीले नेपाली फुटबलमा एकपछि अर्को गर्दै इतिहास लेख्दै आएको छ । मनाङ मस्र्याङ्दी स्थापनाबाटै मन खोलेर खर्च गर्ने क्लब हो । शानका निम्ति खेल्ने नेपाली फुटबलको स्वरूप परिवर्तन गर्न उसकै भूमिका महरूवपूर्ण छ । कारण खेलाडीलाई पारिश्रमिक दिने र प्रायोजक पाउने पहिलो क्लब नै मनाङ मस्र्याङ्दी हो । मनाङ मस्र्याङ्दीको वाषिर्क बजेटले एक करोड छोइसकेको छ । 'पैसामा कन्जुस्याइँ गर्दैनौं । सफलता र विकास चाहन्छौं,' क्लब अध्यक्ष जाम्लिङ घलेले भने । मनाङ मस्र्याङ्दीका २ हजार सदस्य छन् । क्लबको हितका निम्ति उनीहरू सधैं एक हुन्छन् । उसलाई सुरुआतमा आरसीटीले कडा टक्कर दिन्थ्यो । त्यसपछि पुलिस । दशकयता थपिएको छ, थ्रीस्टार । लोकिप्रयतामा पनि मनाङ मस्र्याङ्दीलाई थ्रीस्टारले उछिन्ने प्रयास गरिरहेको छ । आकर्षक फुटबल पस्केका दुई पुस्ताका डि्रम टिमको लय पछ्यायो भने मनाङ मस्र्याङ्दी फेरि नम्बर एक क्लब हुनेछ । के सम्भव छ ? जवाफ हालका पदाधिकारी, जुनियर खेलाडी र अनुभवी प्रशिक्षक कृष्ण थापाले दिनेछन् ।

सन्दर्भ सामाग्री सम्पादन गर्नुहोस्

बाह्य सुत्र सम्पादन गर्नुहोस्