मनऋषि धितालको संक्षिप्त परिचय सम्पादन गर्नुहोस्

मनऋषि धिताल नेपालमा एक दशकसम्म सञ्चालित जनयुद्धमा सहभागी जनपत्रकार हुन् । बर्दियामञ्च, कर्णाली राष्ट्रिय मासिक, दिशावोध मासिक हुँदै जनादेश साप्ताहिकका सम्पादक भएका धिताल प्रेस काउन्सिल नेपालका सदस्य पनि भएका छन् । पत्रकार मनऋषि धितालका युद्ध र पत्रकारिता, द फाइनल डेज अफ पिपुल्स वार, देवकोटालाई शब्दपुष्प, गुफाप्रेसका चिठी, ओ सिञ्जा, ओ सिड्नीजस्ता कृतिहरु संयुक्त लेखन तथा सम्पादनमा प्रकाशित भएका छन् ।

युद्ध र पत्रकारिता सम्पादन गर्नुहोस्

पत्रकार मनऋषि धिताल र जनआव्हान साप्ताहिकका सम्पादक, जनादेश साप्ताहिकका सम्पादक तथा हाल रातो पाटी अनलाइनका सञ्चालक ओम शर्माको संयुक्त लेखनमा प्रकाशित युद्ध र पत्रकारिता कृति एक चर्चित पुस्तक हो । यो कृतिमा सञ्चार, पत्रकारिता, समाचार, पत्रकार, युद्धपत्रकारिता, रेडियो पत्रकारिता, खोज पत्रकारिता, फोटो पत्रकारिता, काटुर्न पत्रकारिता, विकास तथा ग्रामीण पत्रकारिता पहिलो खण्डमा र दोस्रो खण्डमा प्रेस स्वतन्त्रता, संगठन, वैचारिक सम्पत्ति, प्रेसमा माओवादी मान्यता र क्रान्तिकारी पत्रकारहरुको परिचय रहेका छन् । यो कृति २०६३ सालमा प्रकाशित गरिएको हो ।

गुफाप्रेसका चिठी सम्पादन गर्नुहोस्

यो कृति भेरी कर्णालीका ग्रामीण क्षेत्रबाट जनादेश साप्ताहिक प्रकाशनका क्रममा प्रकाशनसँग जोडिएका सम्पादक, संवाददाता, सुरक्षा दस्ता तथा व्यवस्थापकहरुका बीचमा आदनप्रादन भएका चिठीहरुको संकलन हो । यो कृति मनऋषि धिताल र राजकुमार कुँवरको संयुक्त सम्पादनमा प्रकाशित भई २०८० जेठ १३ गते कृष्णसेन इच्छुक स्मृति दिवसको दिनमा विमोचन गरिएको हो ।

ओ सिड्नी, ओ सिञ्जा सम्पादन गर्नुहोस्

यो पत्रकार मनऋषि धितालको कवितासङ्ग्रह हो । यो कवितासङ्ग्रहमा तीन खण्डमा कवितालाई विभाजित गरिएको छ । उत्साह खण्डअन्र्तगत विश्वविद्यालय अध्ययनका क्रममा सिकारुकालीन कविताहरु रहेका छन् । उत्सर्ग खण्डअन्र्तगत नेपाली जनयुद्ध र त्यसबाट सिर्जित नयाँ यथार्थलाई प्रतिबिम्बित गरिएका कविताहरु छन् भने तेस्रो खण्डको रुपमा अस्ट्रेलिया प्रवासका क्रममा मातृभूमिको प्रेमले लेखिएका कविताहरु सङ्ग्रहित रहेका छन् ।

द फाइनल डेज अफ पिपुल्स वार सम्पादन गर्नुहोस्

यो गण्डक यात्रा डायरीको अङ्ग्रेजी अनुवाद गरी प्रकाशित गरिएको युद्धपत्रकारिताको महत्वपूर्ण दस्तावेज हो । जनयुद्धको उत्तरार्धमा लेखकले जनमुक्ति सेनासँग गण्डकमा विताएका थिए । शान्ति प्रक्रियासँगै जनयुद्धको अन्त्य भएपछि गण्डक अभियान जनयुद्धको अन्तिम कालखण्ड बन्न पुग्यो । पाल्पादेखि सुनवलसम्मको फौजी तथा राजनीतिक गतिविधिहरु यो कृतिमा उल्लेखित रहेका छन् ।