मकवानपुर बहुमुखी क्याम्पस

मकवानपुर बहुमुखी क्याम्पस नेपालको हेटौंडा उपमहानगरपालिकामा रहेको छ। यो त्रिभुवन विश्वविद्यालयको सबैभन्दा ठूलो क्षेत्रीय क्याम्पस हो। यो क्याम्पसले विज्ञान, मानविकी र व्यवसायिक अध्ययन लगायतका विषयमा स्नातक, र स्नातकोत्तर डिग्री प्रदान गर्दछ। [१] [२]

नेतृत्व सम्पादन गर्नुहोस्

मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा प्रमुख राजनीतिक दलका प्रतिनिधि, मकवानपुर जिल्ला विकास समिति, हेटौंडा नगर परिषद्, जिल्ला उद्योग वाणिज्य संघ, नारायणी यातायात व्यवसायी संघका साथै अन्य प्रतिष्ठित सदस्य रहेको व्यवस्थापन समितिले क्याम्पसको सञ्चालन गर्दछ । [३] सन् २०१९ सम्म, संकायमा कुल ९२ प्राध्यापकहरू थिए। [४]

इतिहास सम्पादन गर्नुहोस्

यो क्याम्पस सन् १९८१ मा स्थापना भएको थियो [१]

सन् २००७ मा भारत सरकारको अनुदान (२ करोड ३६ लाख रुपैयाँ) प्रयोग गरेर दुईवटा नयाँ भवन निर्माण गरिएका थिए, जसमध्ये एउटामा कलेज पुस्तकालय सञ्चालनमा गरिएको थियो। [१]

सन्दर्भहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ १.२ "Mukherjee inaugurates campus building", The Himalayan Times (en-USमा), २००७-०५-२२, अन्तिम पहुँच २०१९-०८-२१ 
  2. "Makwanpur Multiple Campus, Hetauda", Colleges Nepal (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०८-२१ 
  3. "Makwanpur Multiple Campus, Hetauda-2, Makwanpur", Edusanjal (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०८-२१ 
  4. नागरिक, "‘मकवानपुर क्याम्पस विश्वविद्यालय बन्छ’", Nagarik News (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०८-२१ 

बाह्य लिङ्कहरू सम्पादन गर्नुहोस्