भैरव हिन्दुस्तानी शास्त्रीय सङ्गीत अन्तर्गत पर्ने भैरव ठाटको एउटा राग हो। यस रागमा सातै स्वर लाग्ने भएकोले यसको जाति सम्पूर्ण मानिन्छ। रे यस रागमा कोमल लाग्छन्। वादी स्वर र सम्वादी स्वर रे मानिन्छ। यस रागलाई गाउनको लागि बिहानको समय उपयुक्त मानिन्छ।

भैरव
भैरवको रागमाला चित्र
ठाटभैरव
प्रकारसम्पूर्ण
समयबिहानी;[] सङ्गीत कार्यक्रमको सुरुवातमा
आरोहणसा रे ग म प नि सां/सा ग म नि सां
अवरोहणसा नि प म ग रे सां
पकडग म प, ग म रे रे सां
चलनस ग म प प म ग म रे सां
वादी
सम्वादीरे
समानमायामालवगोव्ला
मिल्दोजुल्दो

भैरव रागलाई निक्कै प्राचीन राग मान्ने गरिन्छ र यसको उत्पत्ति कयौं शताब्दी पहिले भएको हो।[] भैरव रागको उत्पत्ति सम्बन्धमा विवादहरू रहेका छन्। केही सङ्गीतकारहरूका अनुसार भैरव राग पहिलो राग थियो जुन भगवान शिवको मुखबाट उत्पन्न भएको थियो भने केही सङ्गीतकारहरूको तर्क अनुसार भैरव रागको उत्पत्ति भगवान सूर्यको मुखबाट भएको थियो जसकारण यस रागलाई एकाबिहानै गाउने गरिन्छ।

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्