हास्यव्यङ्ग्य निबन्ध फाँटका सर्वोच्च प्रतिभा भैरव अर्याल (विसं.१९९३ २०३३)को स्मृतिमा स्थापित भैरव पुरस्कार गुठीले हरेक वर्ष प्रदान गर्ने भैरव पुरस्कार यस वर्ष हास्यव्यङ्ग्यकार लक्ष्मण गाम्नागेलाई प्रदान गरिएको छ भने भैरव वाङ्मय पुरस्कार भाषाविद् तथा कोषकार चूडामणि गौतमलाई प्रदान गरिएको छ । यसैगरी हास्यव्यङ्ग्य अभिनयकलामा लामो समयसम्म योगदान दिने लक्ष्मी गिरीलाई भैरव प्रतिभा पुरस्कार प्रदान गरिएको छ ।