भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजना

भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजना राष्ट्रिय गौरवका आयोजना हो। बाँकेबर्दिया जिल्लाको ५१ हजार हेक्टर भूमिमा बाह्रै महिना सिंचाइ सुविधा उपलब्ध गराउने र ४८ मे.वा. जलबिद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ । बाह्रै महिना सिंचाइ उपलब्धताबाट कृषि उत्पादन बढ्न गई वार्षिक ३.१ अर्ब अप्रत्यक्ष तथा विद्युतबाट २.१ अर्ब प्रत्यक्ष आम्दानी हुने अनुमान छ । यस आयोजना आ.व.२०६८÷६९ मा शुरु भई आ.व. २०७६÷७७ मा सम्पन्न गर्ने लक्ष्य रहेकोमा संशोधित तालिका अनुसार आ.व. २०७८÷७९ मा सम्पन्न हुनेछ । आयोजनाको कूल लागत रु. १६४३ करोड लाग्ने अनुमान रहेको छ । [१]

भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको लक्ष्य भेरीको पानी बबईमा खसालेर बाँकेबर्दियाको ५१ हजार हेक्टर जमीनमा सिँचाइ सुविधा पुर्याउनुका साथै ४८ मेगावाट विद्युत् उत्पादन गर्ने छ । सुरुङ निर्माणकार्यमा करीब ७०० नेपाली र ८० चिनियाँ कामदार चौबिसै घण्टा खटिएका छन् । सिँचाइ विभागद्वारा संशोधित गुरुयोजनाअनुसार टनेल निर्माण, बाँध, विद्युतगृह, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकललगायत काम सम्पन्न गर्न रु ३३ अर्ब १९ करोड खर्च हुनेछ ।

भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनामा नेपालमा पहिलोपटक प्रयोग गरिएको टनेल बोरिङ मेसिन (टिबिएम) को सफल परीक्षण भएको छ । सुरुङको लम्बाइ १२ हजार मिटर छ ।[२]

ब्रेक-थ्रू सम्पादन गर्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माणको २०७६/०१/०३ मंगलबार ‘ब्रेक थ्रू’ भएको छ। चीनको सीआइसी र चाइना इञ्जिनियरिङ ओभरसिज प्रालि (कोभेक)को संयुक्त निर्माणमा बनिरहेको आयोजना समयभन्दा मोटामोटी १ वर्ष अगावै निर्माण सम्पन्न हुन लागेको छ।

सन्दर्भ सम्पादन गर्नुहोस्