भरतपुर आँखा अस्पताल पूर्व श्री महेन्द्र स्मारक आँखा अस्पताल[१] वीरगञ्जको केडिया आँखा अस्पताल पछि नारायणी अञ्चलमा स्थापित दोस्रो महत्त्वपूर्ण अस्पताल हो। साथै भरतपुरका अस्पतालहरूमा पनि यो दोस्रो महत्त्वपूर्ण अस्पतालको रूपमा स्थापित भएको थियो, यो हाल ५० सैयामा सञ्चालित छ र आँखाका सबै प्रकारका उपचारमा संलग्न छ। यो अस्पतालको उद्घाटन स्वर्गीय राजा वीरेन्द्रबाट २०४५ सालमा गरिएको थियो।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. aksbaje.com/Bharatpur/Hospitals/Shree-Mahendra-Smarak-Eye-Hospital