ब्रेन्डन रोजर्स
ब्रेन्डन रोजर्स (जन्म २६ जनवरी १९७३) उत्तर आइरीस फुटबल प्रबन्धक र पुर्व फुटबलर हुन जो प्रिमियर लिग क्लब लिभरपुलको प्रबन्धन गर्दछन् । रक्षापंक्तिका खेलाडी रोजर्सले बालीमेना युनाइटेडबाट क्लब जीवन सुरू गरेका थिए । उनी बालीमेना युनाइटेडमा १८ वर्षको उमेर सम्म रहे भने त्यसपछि रिडिङ क्लबले उनलाई हस्ताक्षर गर्यो । तर घुँडाको वंशाणुगत समस्याले उनलाई 20 वर्षको उमेरमै फुटबल छोड्न बाध्य बनायो । तर उनले उक्त क्लब रिडिङलाई नछाडी त्यहाका प्रशिक्षक र त्यसपछि एकेडेमी प्रमुख बनेका थिए भने सोही क्लबमा प्रशिक्षक बनी बाहिरका क्लबबाट लिगबाहिरका खेलमा पुन खेल्न थालेका थिए । प्रशिक्षण तालिम लिन केही समयपछि स्पेन पुगेका उनलाई जोसे मउरिन्होले उनलाई रिडिङ छाडेर चेल्सीमा युवा टोलीको प्रबन्धक बन्न पनि बोलाएका थिए जुन उनले सहर्ष स्वीकार गरे । पछि उनी रिजर्भ टोलीको प्रबन्धकमा बढुवा भएका थिए । अहिले उनी लिभरपुल फुटबल क्लबका प्रबन्धक हुन् ।
![]() २०१४ मा रोजर्स | |||
व्यक्तिगत विवरण | |||
---|---|---|---|
जन्म मिति | २६ जनवरी १९७३ | ||
खेल्ने स्थान | Defender | ||
क्लबको विवरण | |||
हालको क्लब | लिभरपुल (manager) | ||
युवा क्लब | |||
1984–1987 | Ballymena United | ||
वरिष्ठ क्लब* | |||
बर्ष | क्लबहरू | खेल | (गोल) |
१९८७–१९९० | Ballymena United | ||
१९९०–१९९३ | Reading | ० | (०) |
१९९३–१९९४ | Newport | ||
१९९४–१९९५ | Witney Town | ||
१९९५–१९९६ | Newbury Town | ||
राष्ट्रिय टोली | |||
१९८८ | Northern Ireland Schools | ७ | (०) |
टोलीको प्रबन्धन | |||
२००८-२००९ | Watford | ||
२००९ | Reading | ||
२०१०–२०१२ | Swansea City | ||
२०१२– | Liverpool | ||
|