कुनै एक भाषाको उपस्वरूपलाई भाषिका भनिन्छ। कुनै एउटा भाषा स्थान अनुसार वा समूह अनुसार फरक भएमा सो फरकपनालाई भाषिका भनिन्छ। भाषावैज्ञानिक रूपमा भाषा र भाषिकामा रेखा कोरेर छुट्याउन भने गाह्रो छ तर सामाजिक रूपमा एउटै मानिने भाषा बीच हुने भिन्नतालाई नै भाषिका भनिन्छ।