योग्य संस्थागत लगानीकर्ताको मागको आधारमा प्राथमिक बजारमा निश्कासन गरिने धितोपत्रको वास्तविक एवम् न्यायोचित मूल्य निर्धारण विधि बुक विल्डिङ विधि हो । बुक बिल्डिङ एक किसिमको लिलामी प्रक्रिया हो । यसमा कम्पनीले सार्वजनिक निष्कासन गर्न चाहेको कुल धितोपत्रमध्ये केही कित्ताको सीमित लीलामी गरिन्छ । यस्तो लीलामबाट निर्धारित प्रिमियमको आधारमा बाँकी धितोपत्रको सार्वजनिक निष्कासन गरिन्छ ।[१]

यस विधिमा कम्पनीले नै प्राइस रेञ्ज दिई आधारभूत विश्लेषणका आधारमा बिडिङ गरिन्छ । मूल्य निर्धारण गर्ने विधिका रूपमा समेत लिइने बुक बिल्डिङ विधिमा स्वतन्त्र रूपमा रहेको बजारले नै कम्पनीको मूल्य निर्धारण गर्दछ ।[२]

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्

सन्दर्भ सम्पादन गर्नुहोस्