क्रिकेट खेलमा ब्याट्सम्यानले प्रहार गरेको बल गुडेर वा उडेर निर्धारित सीमाक्षेत्र पार गरेमा त्यसलाई अम्पायरले बाउन्ड्री घोषित गर्दछ। बाउन्ड्रीको अर्थलाई थप स्पष्ट पार्न ब्याट्सम्यानद्वारा प्रहार गरिएको बल उडेर सीमारेखा पार गरेको खण्डमा 'छक्का' हुन्छ भने ब्याट्सम्यानद्वारा प्रहार गरिएको बल गुडेर सीमारेखा पार गरेको खण्डमा 'चौका' हुन्छ। प्रत्येक छक्काको लागि एउटा टोलीले ६ रन प्राप्त गर्छ भने प्रत्येक चौकाको लागि एउटा टोलीले ४ रन प्राप्त गर्दछ।


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्