कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका–४ मा अवस्थित बन्दा ताल रहेको छ । बन्दा ताल आफैँमा रमणीय स्थल हो । यो ताल क्षेत्र पर्यटकीय गन्तव्य बन्दै गएको छ । एकैसाथ धेरै प्रजातिका जलपक्षीको अवलोकन गर्न सकिने बन्दाताल पर्यटकीय गन्तव्य बन्दै गएको छ । नगरपालिकाले ताल आसपासको क्षेत्रलाई अधिग्रहण गरी पर्यटकीयस्थलका रुपमा विकास गर्ने योजना बनाएको छ । संरक्षणको अभावमा ५० बिघा क्षेत्रफलमा फैलिएको बन्दाताल पुरिएर २५ बिघामा सीमित भएको छ । ताल जोगाउनका लागि उत्तरी क्षेत्रमा ग्रिन बेल्ट बनाउने प्रयास गरिएको र माटो रोकथाम गर्न ७०० मिटर माटोको छेकबार निर्माण गरिएको छ । ताल पुरिने क्रम भने रोकिएको छैन । बन्दा ताल संरक्षण अभावमा पुरिँदै गएको छ । तालको चारैतिरबाट वर्षातमा माटो भरिँदै जाँदा आकार समेत घट्दै गएको छ । वर्षात्मा बगेर आउने माटो रोक्नका लागि भरपर्दो छेकबार निर्माण गरेमात्रै ताल जोगाउन सकिने स्थानीय बासिन्दा बताउँछन् । वर्षात्का बेला तालको पानी बस्तीमा पसेर डुबान हुने गरेको छ । बालुवाले खेतीयोग्य जग्गा पुरिँदै गएको छ । ताललाई उत्तरतर्फबाट जङ्गल र अन्यत्रबाट बस्तीले घेरेको छ । गोलो घेरामा बन्द आकृतिमा रहेकाले राना थारू भाषामा यसको नाम बन्दाताल रहन गएको यहाँका बूढापाका बताउँछन् । तालको मनोरम दृश्य नियाल्न, विभिन्न प्रजातिका माछा र जलपक्षीको क्रीडा हेर्न आन्तरिक पर्यटकको यहाँ घुइँचो लाग्छ । सदरमुकाम महेन्द्रनगरबाट ५५ किलोमिटर दूरीमा बन्दाताल पर्छ साथै धनगढी चौराहाबाट २० किलोमिटर टाढा दूरीमा रहेको छ । तालसम्म पुग्न कच्ची र धुलाम्मे सडक प्रयोग गर्नुपर्ने भएकाले आन्तरिक तथा बाह्य पर्यटकले सास्ती खेप्नु परिरहेको छ । केही वर्षअघि ताल छेउका वन अतिक्रमण भएको थियो । उक्त क्षेत्रमा अहिले पश्चिम तराई गरिबी निवारण कोषको सहयोगमा वृक्षरोपण गरी अतिक्रमण हटाइएको छ । राष्ट्रिय ताल संरक्षण विकास समिति सहयोगमा उत्तरतिर डेढ किलोमिटर लामो बाँध निर्माणपछि अहिले पुरिने क्रम केही रोकिएको हो । बन्दा ताल माछापालनसँगै दुर्लभ चराचुरुंगीको प्रमुख बासस्थानका रूपमा चिनिन्छ । हिउँद सुरु हुने बित्तिकै जाडो छल्न आएका साइबेरियन चराले ताल क्षेत्र पूरै भरिन्छ । अन्य समयमा पनि यहाँ दुर्लभ चरा देख्न सकिने स्थानीय बताउँछन् ।

  1. बन्दाताल
  2. बन्दाताल,कञ्चनपुर
  3. बन्धाताल,कञ्चनपुर
  4. बन्धाताल