बख्खु शेर्पा, ह्योल्मो आदि जातिले लाउने लामो कोट हो। बाक्लो कपडा वा भेडाको ऊनबाट बुनिएको कपडाबाट बख्खु बनाइन्छ । प्रायः उच्च पहाडी तथा हिमाली क्षेत्रमा पालिने भेंडाको ऊनबाट बख्खु तयार हुन्छ । बख्खु घाँटीदेखि खुट्टासम्म लामो हुन्छ । न्यानोका लागि बख्खु लगाइन्छ । यसलाई कहींकहीं बक्खु पनि लेखेको पाइन्छ ।

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्