फ्रान्थिस्को होसे दे गोया इलुथिएन्टेस (३० मार्च १७४६ – ३० अप्रिल १८२८)[१] एक स्पेनिस चित्रकार थिए। उनले स्पेनका शाही परिवारका धेरै चित्रहरू चित्रित गरे। उनका सबैभन्दा प्रसिद्ध चित्रहरू चार्ल्स ४ अफ स्पेन एन्ड हिज् फेमिलीद थर्ड अफ मे १८०८ हुन्।

दे गोयाको पोर्ट्रेट

दे गोया आफ्नो सोच्ने तरिकाको मामलामा आफ्नो समयको एक निकै प्रगतिशील र आधुनिक कलाकार थिए। उनी अक्सर राजनीतिक वा सामाजिक रूपमा महत्वपूर्ण विषयमा पनि केन्द्रित हुने गर्थे। त्यस समय जब कलालाई एउटा शिल्प मात्र मान्ने गरिन्थ्यो अथवा कलाकारहरू आदेश पाए मात्र चित्र कोर्ने गर्थे, त्यही समय 'दे गोया' भने आफ्नै मर्जीले चित्र कोर्ने एकमात्र चित्रकार थिए। उनी त आफ्नो व्यक्तिगत दृष्टिकोणलाई चित्रण गर्नका लागि कुची चलाउँथे। एक उदाहरणका रूपमा उनको प्रसिद्ध पेन्टिङ् "द नेकेड माया" लाई लिन सकिन्छ। यो पेन्टिङ् स्पेनिस कला इतिहासको पहिलो नग्न पेन्टिङ् थियो र धेरैले यस पेन्टिङ्लाई परम्पराको उल्लङ्घनको रूपमा पनि हेरे। त्यस समयमा कलाकारको आलोचनाका बावजुद, आलोचना गरिएको पेहलु ठीक त्यही हो जसलाई "दे गोया" अन्ततः परिभाषित गर्न चाहन्थे। यही कुराले उनलाई आफ्नो समयको एक क्रान्तिकारी कलाकार बनाउँछ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "NGA - Francisco de Goya", nga.gov, २०११, मूलबाट ३१ अक्टोबर २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ फेब्रुअरी २०११  वेब्याक मेसिन अभिलेखिकरण ८ नोभेम्बर २०१० मिति

बाह्य लिङ्कहरू सम्पादन गर्नुहोस्