परिधिमा तिखो र धारिलो सतह भएका र कुनैपनि कामलाई सहज तरिकाले सम्पन्न गराउन मद्धत गर्ने एक प्रकारको सरल यन्त्रलाई फेसो भनिन्छ । घरायसी प्रयोजनमा प्रयोग गरिने विभिन्न प्रकारका हातहतियारहरु जस्तै: बन्चरो, खुकुरी, हँसिया, खुर्पा आदि फेसोका केहि उदाहरण हुन् ।