प्वाइन्ट अफ सेल (पीओएस)(अङ्ग्रेजी: Point of Sale) प्रणाली त्यो ठाउँ हो जहाँ ग्राहकहरूले कम्पनीबाट सामान वा सेवाहरू खरिद गरे पश्चात भुक्तानी गर्दछन् । प्वाइन्ट अफ सेल प्रणाली एउटा यस्तो प्रणाली हो जसले ग्राहक र कम्पनी बीचको कारोबार पूरा गर्न मद्दत गर्दछ। पीओएस प्रणाली एउटा कम्प्युटर संजाल हो जुन मुख्य कम्प्युटरबाट जोडिएको हुन्छ । धेरै चेकआउट टर्मिनलहरूसँग सम्बन्धित हुने यो संजाल फरक हार्डवेयर सुविधाहरू द्वारा समर्थित बारकोड स्क्यानरबाट सुरू भएर कार्ड भुक्तान टर्मिनलहरूमा समाप्त हुन्छ।[१] पीओएस मेसिन नगद रहित कारोबार गर्ने माध्यम हो। यसका माध्यमबाट ग्राहकले आफ्नो डेबिट वा क्रेडिट कार्डको प्रयोग्ले रकम भुक्तानी गरी सजिलै सामान तथा सेवा खरिद गर्न सक्छन् ।[२] भुक्तानी प्राप्त गरे पश्चात व्यापारी लेनदेनको लागि एक रसिद जारी गर्दछ जुन सामान्यतया प्रिन्ट हुन्छ ।[३]

पोइन्ट अफ सेल मेसिन
नेपालका विभिन्न बैंकहरूको पोइन्ट अफ सेल मेसिन
एक खुद्रा पसल मा प्वाइन्ट अफ सेल को प्रयोग हुदैँ



सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "What is a POS System?" [पीओएस प्रणाली के हो?], अन्तिम पहुँच २०१९-१०-१३  वेब्याक मेसिन अभिलेखिकरण २०१८-११-२७ मिति
  2. "१२ हजार स्वाइप मेसिन प्रयोग", अन्नपूर्ण पोस्ट्, अन्तिम पहुँच २०१९-१०-१३ 
  3. "Point of Sale (POS) System Market: Global Industry Analysis, Size, Share, Projections & Documentation, Sales System, Statistics Trends & Forecast 2019-2024", अन्तिम पहुँच २०१९-१०-१३