प्रिया तेन्दुलकर
भारतको पहिलो टिभी स्टार[१] प्रिया तेन्दुलकर ले अनेक चलचित्र र टिभी धारावाहिहरूमा भूमिका निभाएकी तर संभवतः उनी सम्पूर्ण जीवन आफ्नो सब भन्दा पहिलो टिभी अवतार "रजनी" को नामबाट उनी प्रशिद्ध भईन । १९८५ मा निर्मित र बासू चटर्जी द्वारा निर्देशित यो धारावाहिकमा उनले भ्रष्टाचार र सामाजिक कुरीतिको विरुद्ध बुलन्द आवाज उठाउने एक साधारण गृहणीको किरदार निभाएकी थिइन् । उनी लेखिका पनि थिईन ।
प्रिया तेन्दुलकर | |
---|---|
जन्म | १९ अक्टोबर १९५४ |
मृत्यु | १९ सेप्टेम्बर २००२ मुम्बई, भारत | (उमेर ४७)
व्यक्तिगत जीवन
सम्पादन गर्नुहोस्प्रिया प्रसिद्ध नाटककार विजय तेन्दुलकर को सुपुत्री थिइन् । उनको जन्म १९ अक्टोबर, १९५४ मा भएको थियो, उनको दुई बहिनी र एक भाइ थियो । प्रियाको विहे अभिनेता तथा लेखक करण राजदान सँग १९८८ मा भयो । तर यो बिहे सात साल सम्म मात्र चल्यो र त्यसपछि उनको सम्बन्ध विच्छेद भयो । करण र प्रियालर "रजनी" र "किस्से मिया बीवी के" धारावाहिकमा श्रीमान श्रीमतीको वास्तविक जीवनको किरदार पनि निभाएका थिए । १९७४ मा श्याम बेनेगल को चलचित्र अंकुर मा निभाएको भूमिकाको कारण प्रियाको अभिनेता अनंत नाग सँग पनि सम्बन्ध जोडिएको थियो ।[२]
फिल्मोग्राफी
सम्पादन गर्नुहोस्- १९७४ - अंकुर
- १९७८ - देवता
- १९८३ - माहेरची मानसे, रानीने दाव जिंकाला
- १९८४ - गोंघळत गोंधळ
- १९८५ - मुम्बईचा फौजदार, रजनी (टीवी धारावाहिक)
- १९८७ - कालचक्र
- १९८८ - किस्से मिया बीवी के (टीवी धारावाहिक)
- १९८९ - एक शून्य (टीवी धारावाहिक)
- १९९० - घर (टीवी धारावाहिक)
- १९९४ - मोहरा
- १९९५ - त्रिमूर्ति
- १९९६ - द प्रिया तेंदुलकर शो (टीवी टॉक शो)
- १९९७ - और प्यार हो गया, ज़िम्मेदार कौन (टीवी टक शो), गुप्त, हम पाँच (टीवी धारावाहिक)
- २००० - राजा को रानी से प्यार हो गया
- २००१ - प्यार इश्क और मुहब्बत