प्राटफल प्रभाव

प्राटफल प्रभाव सामाजिक मनोविज्ञानमा एक मानिसले गल्ती गरेपछि, त्यो मानिसलाई देखिने दृष्‍टिकोणमा आउने परिवर्तन हो।  यो दृष्‍टिकोणमा आउने परिवर्तन गल्ती गर्ने मानिसको गल्ती अगावैको चरित्रमा भर पर्छ। यदि गल्ती अघि त्यो मानिसलाई योग्य र सज्जन मानिएको थियो भने गल्ती पछि प्राटफल प्रभावको कारणले अझ असल मानिन्छ। त्यसै गरि यदि गल्ती अगाडि त्यो मानिसलाई ‌औसत मानिन्थियो भने गल्ती पछि उसलाई ‌औसत भन्दा पनि कम भएको मानिन्छ।

यो प्रभाव पहिलो पटक एलिअट आरसनले सन् १९६६ मा वर्णन गरेका थिए। [१] यो प्रभावलाई कहिलेकाहीँ अङ्ग्रेजीमा 'ब्लेमिसिङ इफेक्ट'को रूपमा पनि वर्णन गरिन्छ।[२]

उदाहरणहरूसम्पादन

पिग अफ बे आक्रमणको असफलतापछि केनेडीको लोकप्रियता र एप्पलको नेभिगेसन सेवाको असफलतापछि एप्पल कम्पनी प्रति देखाइएको सहानुभूतिलाई प्राटफल प्रभावको उदाहरणहरुको रूपमा दिइन्छ।[३][४]

सन्दर्भ सामाग्रीहरूसम्पादन

  1. Aronson, E., Willerman, B., & Floyd, J. (1966). The effect of a pratfall on increasing interpersonal appeal. Psychonomic Science.
  2. Ein-Gar, D., Shiv, B., & Tormala, Z. L. (2012). When blemishing leads to blossoming: The positive effect of negative information. Journal of Consumer Research, 38(5), 846-859.
  3. Berglas, S. (1996, September 1). The Entrepreneurial Ego: Pratfalls. Retrieved from Inc. Magazine: http://www.inc.com/magazine/19960901/1796.html
  4. Kessler, Z. (2012, December 13). How Apple Will Benefit From Its Miserable Maps Failure. Bloomberg. Retrieved October 18, 2013, from "Archived copy", मूलबाट नोभेम्बर १३, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १३, २०१३