करार भनेको यसमा संलग पक्षहरूको आकांक्षा वा उद्देश्यहरूको सामुहिक अभिव्यक्ति हो जसको पालना गर्नु पर्ने दायित्व कानुनले पक्षहरूलाई तोकिदिएको हुन्छ । जब एक पक्षले राखेको प्रस्ताव अर्को पक्षले स्वीकार गरेमा तत्काल उनीहरू बीच सम्झौता भएको मानिन्छ र त्यस्तो सम्झौता कानुनाद्वारा लागु हुन्छ भने त्यो बैध करार को रूपमा पक्षहरूलाई बाध्यकारी हुन्छ । त्यसैले करार कानुनका विद्वान सर विलियम एन्सन ले प्रस्तावलाई बारुदको प्याकेट र स्वीकृतिलाई बलेको काँटीसँग तुलना गरेका छन् । जब सलाईको काँटी बारुदको प्याकेटमा छोइन्छ तब तत्कालै त्यहाँ विस्फोट हुन्छ ।त्यसरी नै जब प्रस्ताव मा स्वीकृति दिइन्छ तत्कालै पक्षहरु करारमा प्रवेश गरिसकेका हुन्छन् । त्यसैले स्वीकृतिले करारको निर्माणलाई पूर्णता दिन्छ ।

प्रस्ताव र स्वीकृतिको प्रक्रिया सम्पादन गर्नुहोस्

  • कुनै प्रतिज्ञाको लागि कामद्वारा गरिने प्रस्ताव
  • कुनै कामको लागि प्रतिज्ञाद्वारा गरिने प्रस्ताव
  • कुनै प्रतिज्ञाको लागि प्रतिज्ञाद्वारा गरिने प्रस्ताव

प्रस्ताव सम्पादन गर्नुहोस्

पक्षहरुका बीच करार हुनको लागि करारका पक्षहरु कुनै एक विषयमा सोहि अर्थमा सहमत हुनै पर्दछ र त्यस्तो सहमति प्रस्ताव र स्वीकृतिको माध्यमबाट मात्रै सम्भव छ ।
उदाहरण: क ले आफ्नो घर रु १ गर्छ करोडमा ख लाई बेच्ने इच्छा व्यक्त भने क को अभिव्यक्ति प्रस्ताव हो ।
अत: स्वीकृति प्राप्त गर्ने मनसायले कुनै एउटा व्यक्तिले अर्को व्यक्तिसमक्ष कुनै काम गर्ने वा नगर्ने सम्बन्धमा आफ्नो इच्छा प्रकट गर्दछ भने त्यस्तो इच्छालाई प्रस्ताव भनिन्छ ।

प्रस्तावका विशेषताहरु सम्पादन गर्नुहोस्

  • प्रस्ताव प्रस्तावकले प्रकट गरेको मनसाय वा इच्छा हो ।
  • यो कुनै काम गर्ने वा नगर्ने कुरासंग सम्बन्धित हुन्छ ।
  • यो यसमा उल्लेखित कार्य गर्ने वा नगर्ने सम्बन्धमा प्रस्तावित व्यक्तिको सहमति प्राप्त गर्ने उद्देश्यले बनाइन्छ ।
  • यो लिखित वा मौखिक गरी व्यक्त वा पक्षहरूको काम वा व्यवहार वा सम्बन्धित विषयको परिस्थितिद्वारा बन्न सक्दछ ।
  • यो सामान्य वा विशिष्ट हुन सक्दछ ।
  • यो जव प्रस्तावितले स्वीकार गर्दछ , तब प्रतिज्ञा बन्दछ ।
  • यो प्रस्तावित व्यक्ति समक्ष सञ्चार भएको हुनुपर्दछ ।

प्रस्तावका नियमहरु सम्पादन गर्नुहोस्

  • प्रस्ताव पक्षहरुका बीचमा कानुनि सम्बन्ध स्थापित गराउन सक्षम हुनुपर्दछ ।
  • प्रस्तावमा प्रयुक्त भाषा विरोधाभासपूर्ण नभई स्पष्ट तथा बुझिने खालको हुनुपर्दछ ।
  • प्रस्तावको आमन्त्रण गर्नु प्रस्ताव होइन ।
  • वस्तुको न्यूनतम बिक्रि मूल्य तोक्नु वा वस्तुको बारेमा सूचना दिनु प्रस्ताव होइन ।
  • प्रस्ताव सामान्य वा विशिष्ट हुन सक्दछ ।
  • प्रत्येक प्रस्ताव सञ्चार हुनुपर्दछ ।
  • प्रस्तावकको दायित्वलाई कम गर्ने , घटाउने वा उन्मुक्ति दिने सर्तसहित प्रस्ताव राख्न सकिन्छ ।

स्वकृति सम्पादन गर्नुहोस्

प्रस्ताव सम्झौताको पूर्व सर्त भए तापनि जबसम्म प्रस्तावकको प्रस्तावमाथि स्वीकृतिकर्ताले स्वीकृति दिदैन तबसम्म पक्षहरु बीचमा सम्झौता वा करारीय दायित्वको सिर्जना हुदैन । त्यसर्थ स्वीकृति पनि प्रस्ताव सरह करारको अत्यावश्यक तत्त्व हो ।

परिभाषा सम्पादन गर्नुहोस्

एन्सन : प्रस्तावकका प्रावधानहरूलाई शब्द वा कार्यद्वारा प्रस्तावकले भने बमोजिम सहमति जनाई व्यक्त गरेको इच्छा वा मनसायलाई स्वीकृति भनिन्छ ।

स्वीकृतिका विशेषताहरु सम्पादन गर्नुहोस्

  • यो प्रस्तावका सर्ताद्वारा बाधिनको लागि व्यक्त गरिएको मनसाय वा इच्छा हो ।
  • यसले प्रस्तावित व्यक्तिको कुनै काम गर्ने वा नगर्ने सहमतिलाई जनाउँछ ।
  • यो करार गर्ने उद्देश्यका साथ व्यक्त गरिन्छ ।
  • यो व्यक्त र परीलाक्षित दुवै हुन सक्दछ ।
  • यो अर्को पक्षसम्म सञ्चार भएको इच्छा हो ।
  • यो प्रस्तावित व्यक्तिले प्रस्ताव उपर दिएको सहमति हो ।
  • यो प्रस्तावकले उल्लेख गरेबमोजिम वा निजको इच्छा बमोजीम दिइएको हुन्छ ।
  • यसले करारलाई पूर्णता दिन्छ ।

स्वीकृतिका नियमहरु सम्पादन गर्नुहोस्

  • स्वीकृति पूर्ण तथा प्रस्ताव अनुरुप हुनुपर्दछ ।
  • स्वीकृति, साधारण तया प्रस्तावक समक्ष सञ्चार हुनुपर्दछ ।
  • यो तोकिदिए बमोजिम वा प्राय चलन चल्तीमा रहेको माध्यमबाट वा उपयुक्त तरिकाबाट दिइएको हुनुपर्दछ ।
  • प्रस्तावित व्यक्तिलाई प्रस्तावको जानकारी हुनुपर्दछ ।
  • उपयुक्त समय भित्रै स्वीकृति दिइएको हुनुपर्दछ ।
  • यो व्यक्त र अव्यक्त दुवै हुन सक्दछ ।
  • नबोल्नु वा निष्क्रिय रहनुलाई स्वीकृति मान्न सकिदैन ।
  • प्रस्तावितले मात्र प्रस्तावको स्वीकृति दिनु पर्दछ ।
  • स्वीकृति प्रस्तावको अन्त्य हुनु भन्दा पहिले नै दिएको हुनुपर्चदछ ।