प्राविधि तयारी स्तरहरू ( Technology readiness level, TRLs ) कुनै प्रविधीको विकासको परिपक्वता अनुमान गर्ने विधि हो। यसको प्रयोगले विभिन्न थरिका प्रविधिहरूलाई एकसमान रूपमा छलफल गर्न सकिन्छ। [१] प्राविधि तयारी मूल्याङ्कन ले कार्यक्रमको अवधारणाहरू, आवश्यकताहरू, र प्रदर्शन गर्न सकिने क्षमताहरूको जाँच गर्दछ। यो १ देखि ९ सम्मको स्केलमा आधारित हुन्छन् जसमा ९ले सबैभन्दा परिपक्व प्रविधिलाई जनाउछ। [१]

नासाको प्रविधि तयारी स्तर

यो बिधी १९७० को दशकमा नासा मा विकसित भएको थियो। अमेरिकी रक्षा विभागले प्रारम्भिक सन् २००० देखि यो बिधी प्रयोग गरेर प्रविधि खरिद गर्ने गर्दै आएको आएको छ। २००८मा यो स्केल युरोपियन स्पेस एजेन्सी मा पनि प्रयोगमा आयो। [२] युरोपेली आयोगले २०१० मा यो बिधी EUमा अपनाउन सल्लाह दिएको थियो [१] फलस्वरूप २०१४ देखि यो EUमा प्रयोग गरियो। २०१३ मा, यो बिधी ISO 16290: 2013 मा पनि समावेश गरिएको थियो। [१] संयुक्त राज्य वायु सेना द्वारा प्राविधि तयारी स्तर क्याल्कुलेटर विकसित गरेको छ। [३]

प्राविधि तयारी स्तरका परिभाषाहरू सम्पादन गर्नुहोस्

# नासाको प्रयोग [४]
आधारभूत सिद्धान्तहरूको अवलोकन
प्राविधिको अवधारणा
विश्लेषणात्मक र प्रयोगात्मक प्रक्रिया र/वा अवधारणाको सफलताको प्रमाण
प्रयोगशाला वातावरणमा कम्पोनेन्टको प्रमाणीकरण
साचैको प्रयोग हुने वातावरणमा कम्पोनेन्टको प्रमाणीकरण
साचैको प्रयोग हुने वातावरणमा मोडेल वा प्रोटोटाइपको प्रदर्शन
अन्तरिक्ष वातावरणमा प्रणाली प्रोटोटाइपको प्रदर्शन
वास्तविक प्रणाली पूर्ण गरी परीक्षण र प्रदर्शन (जमिन वा ठाउँ) मार्फत "उडान योग्य" घोषणा
वास्तविक प्रणाली सफल भई उडान गर्न प्रमाणित

सन्दर्भहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ १.२ १.३ Mihaly, Heder (सेप्टेम्बर २०१७), "From NASA to EU: the evolution of the TRL scale in Public Sector Innovation", The Innovation Journal 22: 1–23, मूलबाट अक्टोबर ११, २०१७-मा सङ्ग्रहित। 
  2. "Technology Readiness Levels Handbook for Space Applications" (1 revision 6 संस्करण), ESA, सेप्टेम्बर २००८, TEC-SHS/5551/MG/ap। 
  3. Nolte, William L. (२० अक्टोबर २००३), "Technology Readiness Level Calculator, Air Force Research Laboratory, presented at the NDIA Systems Engineering Conference", मूलबाट १३ मे २०१५-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण १३ मे २०१५ मिति
  4. "Technology Readiness Level Definitions", nasa.gov, अन्तिम पहुँच ६ सेप्टेम्बर २०१९    यस लेखले यसबाट पाठ समावेश गर्दछ यो स्रोत, जुन सार्वजनिक डोमेनमा रहेको छ।