प्रयोगकर्ता:Yogesh Rajbhandari/प्रयोगस्थल
नेपाल उत्तरतर्फचीन र बाकी सबैतर्फभारतले घेरिएको एक भू-परिवेष्ठित मुलुक हो । यो मुलुक ८० ड्रि्री ४ मिनेट देखि ८८ ड्रि्री १२ पर्ुर्वी देशान्तरको बीच र २६ ड्रि्री २२ मिनेट देखि ३० ड्रि्री २७ मिनेट उत्तरी अक्षांश मा रहेको एशियाली देश हो । यसको क्षेत्रफल १,४७,१८१ वर्गकिलोमिटर रहेको छ । पर्ूव मेची देखि पश्चिम महाकाली सम्म ८८५ कि.मि र उत्तर देखि दक्षिण सम्मको औसत १९३ कि.मि रहेको छ । यसको चौर्डाई २४१ कि.मि देखि कममा १४५ कि.मि सम्म रहेको छ । नेपालबाट नजिकको समुद्र हिन्द महासागरको वंगालको खाडी ११२६ कि.मि टाढा रहेको छ । त्यसैगरी बंगलादेश २७ कि.मि र भुटान ३२ कि.मि टाढा रहेको छ । नेपालको धरातलीय स्वरुप
उच्च हिमाली भाग ४,८७७ मिटर देखि ८,८४८ मिटर सम्म रहेको छ । यसले कुल क्षेत्रफलको ३५ प्रतिशत भुमि ओगटेको छ । यो क्षेत्र ५१,५१३.३५ व.कि.मि रहेको छ । पहाडी भाग ६१० मिटर देखि ४,८७७ मिटर सम्म रहेको छ । यसले कुल क्षेत्रफलको ४२ प्रतिशत भुमि ओगटेको र जसको क्षेत्रफल ६१,८१६.०२ व.कि.मि रहेको छ । त्यसैगरी तर्राई ७० मिटरदेखि ६१० मिटर सम्म रहेकोछ । यसले कुल क्षेत्रफलको २३ प्रतिशत भुमि र ३३,८५१.६३ व.कि.मि ओगटेको छ । भौगोलिक प्रदेशको आधारमा भन्ने हो भने हिमाली प्रदेशको क्षेत्रफल २२,०७७.१५ व.कि.मि - १५५) पहाडी प्रदेशको क्षेत्रफल १,००,०८३.०८ व.कि.मि -६८५) र तर्राई प्रदेशको क्षेत्रफल २५,०२०.७७ व.कि.मि - १७५) रहेकोछ ।
नेपालमा संसारकै अग्ला हिमशिखरहरु रहेका छन् । जसमध्ये सगरमाथा -८,८४८ मि.) , कञ्चनजंघा मुख्य -८,५६८ मि), कञ्चनजंघा दक्षिण -८,४७६ मि), ल्होत्से -८,५१६ मि ), रहेका छन । नेपालमा करिव ६ हजार नदीनाला रहेका छन् । हिमालदेखि तर्राई सम्म उत्पत्ति भएको नदीहरुको कुल लम्बाई करिव ४५ हजार कि.मि भएको मानिन्छ । नेपालका प्रमुख नदीहरुमा सप्तकोशी , सप्तगण्डकी, कर्ण्ााली , बुढीगण्डकी, मस्याङदी, कालीगण्डकी, मेची, कन्काई , तमोर, ठुली भेरी, सानी भेरी,सेती, राप्ती वागमती तिनाउ आदि प्रमुख रहेका छन् । नेपालको अर्थतन्त्रको वर्तमान अवस्थाको बारेमा व्याख्या तथा विश्लेशण गर्दा आर्थिक, प्रशासनिक तथा सामाजिक अवस्थाका बारेमा जान्नु आवश्यक हुन्छ । आर्थिक तथा प्रशासनिक दृष्टिकोणले नेपालको विभाजन विभिन्न समयमा विभिन्न किसिमले गरेको पाईन्छ । नेपालको एकिकरण पछि नेपाललाई पहाडी र तर्राई क्षेत्रमा विभाजन गरिएको पाइन्छ । राणाकालीन समयमा ३५ जिल्लामा विभाजन गरी प्रत्येकलाई जिल्लाको नामकरण गरिएको थियो । मुलुकलाई २०१८ सालमा ७५ जिल्ला र १४ अञ्चलमा विभाजन गरियो । सन्तुलित विकासको अवधारणा कार्यान्वयन गर्ने उद्देश्य अनुसार २०१९ सालमा चार विकास क्षेत्रमा विभाजन गरिएको थियो । २०३८ सालमा पाँच विकास क्षेत्रमा विभाजन गरियो ।
१) पर्ुवाञ्चल विकास क्षेत्र ९भ्बकतभचल म्भखभयिऊभलत चभनष्यल ०स्-
केन्द्र - धनकुटा अञ्चलहरूः- मेची, कोशी र सगरमाथा जिल्लाहरुः ताप्लेजुङ,पाचथर, इलाम भ्fmापा ,मोरङ्ग, सुनसरी, धनकुटा, तेह्रथुम संखुवासभा, भोजपुर, सप्तरी सिराहा, उदयपुर, ओखलढुङ्गा, खोटाङ, र सोलुखुम्बु । यस विकासक्षेत्रको कुल क्षेत्रफल २८,४५६ वर्ग कि मि रहेको छ । यस क्षेत्रको उचाई ६० किमि देखि ८८४८ कि मि सम्म रहेको छ । यस क्षेत्रको प्रमुख नदीहरूमा कोशी मेची कन्काई , तमोर आदि हुन । यस विकास क्षेत्रमा कञ्चनजंङ्गा ,मकालु लोत्से सगरमाथा जस्ता उच्चहिम श्रृखंलाका साथै कोशी वन्यजन्तु आरक्षण केन्द्र, कन्चनजङ्गा, मकालु तथा सगरमाथा राष्ट्रिय निकुञ्ज आदि पर्दछन् । २) मध्यमाञ्चल विकास क्षेत्र केन्द्रः- काठमाडांै अञ्चलहरू नारायणी, जनकपुर र वाग्मती जिल्लाहरू बारा, पर्सा र्रौतहट, चितवन, मकवानपुर, धनुषा, महोत्तरी, र्सलाही, सिन्धुली, रामेछाप ,दोलखा, काठमाडौ, भक्तपुर ,ललितपुर सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक,नुवाकोट,रसुवा र धादिङ्ग । यस विकास क्षेत्रले ४७,४९० वर्ग कि.मि. ओगटेको छ । देशको राजधानी यही क्षेत्रमा पर्दछ । ३) पश्चिमाञ्चल विकास क्षेत्र
केन्द्र- पोखरा
अञ्चल- गण्डकी, धवलागिरी र लुम्विनी जिल्लाहरू- मनाङ्ग, लमजुङ्ग, गोरखा,तनहुं,कास्की,स्याङ्गजा, म्याग्दी,नवलपरासी, रुपन्देही, कपिलवस्तु, पाल्पा,गुल्मी अर्घर्ाांची, पर्वत,वागलुङ्ग र मुस्ताङ्ग । यस क्षेत्रमा २९,३९८ वर्ग कि.मी.क्षेत्रफल रहेको छ । यस विकासक्षेत्रको मुख्य नदी नारयणी हो । यस बाहेक बुढीगण्डकी, मस्याङदी, कालीगण्डकी जस्ता नदीहरू पर्दछन । फेवाताल,रुपाताल, वेगनासताल यसै क्षेत्रमा पर्दछन भने अन्नपर्ूण्ा आरक्षण केन्द्र पनि यसै क्षेत्रमा पर्दछ ।