कम्युनिष्ट पार्टी (एमाले) नेपालको एउटा कम्युनिष्ट पार्टी हो। २००६ सालमा स्थापित नेपाल कम्युनिष्ट पार्टी विभाजन र एकता तथा उपलव्धि र कमजोरीको लामो इतिहास पार गर्दै आज नेकपा (एमाले) लगाएत अन्य विभिन्न ससानादलहरूका रूपमा अस्तित्वमा रहेका छन्। यो नेपालको लोकतान्त्रिक र कम्युनिष्ट आन्दोलनको मुख्य शक्ति र मूल प्रवाहको रूपमा स्थापित छ। सामन्तवाद, दलाल– नोकरशाही पुँजिवाद तथा साम्राज्यवादका शोषण उत्पीडनबाट नेपाली जनता तथा नेपाल राष्ट्रलाई मुक्त गर्ने तथा जनताको बहुदलीय जनवाद र समाजवाद स्थापनाद्वारा न्यायपूर्ण, समानतायुक्त र समृद्ध नेपाल स्थापना गर्ने यसको उद्देश्य छ।

निरङ्कुश राणाशाही विरोधी जनआन्दोलनको पूर्वसन्ध्यामा २२ अप्रिल, १९४९ का दिन नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो। राणाशाही विरोधी आन्दोलनलाई सही दिशावोध गर्दै सामन्तवाद र साम्राज्यवाद विरोधी आन्दोलनको रूपमा अगाडि बढाउन र राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई अगुवाइ गर्न स्थापित यस पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलाल हुनुहुन्थ्यो भने अन्य संस्थापकहरूमा नरबहादुर कर्माचार्य, नारायणविलास जोशी, निरञ्जन गोविन्द वैद्य र मोतिदेवी श्रेष्ठ हुनुहुन्थ्यो।

स्थापनाकालदेखि नै राणाशाही विरोधी आन्दोलनको झण्डा उठाएको नेपाल कम्युनिष्ट पार्टीले ३० वर्षे पञ्चायती तानाशाही विरुद्ध होस् चाहे निरङ्कुश राजतन्त्र विरुद्ध– हमेशा लोकतन्त्रका निम्ति अनवरत, अथक र बलिदानी सङ्घर्ष गर्दै आएको छ। नेपाल कम्युनिष्ट पार्टीको सहभागिता र नेतृत्वबिना नेपालको लोकतान्त्रिक आन्दोलन यस उचाइसम्म आउनु सम्भव थिएन। २०४६ साल र २०६२÷६३को लोकतान्त्रिक आन्दोलनको अग्रमोर्चामा रहेर पार्टीले महत्वपूर्ण भूमिका खेलेको थियो।

नेकपा एमालेले जनताको जीविकासँग जोडिएका मुद्दाहरूमा र राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र राष्ट्रिय अस्मिताको रक्षा गर्ने प्रश्नमा पनि हमेशा आन्दोलनलाई अगाडि बढाउँदै आएको छ। लैङ्गिक विभेद, जातीय उत्पीडन र छुवाछुत जस्ता सामाजिक समस्याहरूलाई समाधान गर्ने, मानव अधिकारलाई प्रत्याभूत गर्ने र श्रमजीवीहरूका हक हितको संरक्षण गर्ने सबालमा पनि पार्टीले जिम्मेवार भूमिका खेल्दै आएको छ।

एघार वर्ष लामो हिंसात्मक द्वन्द्वको शान्तिपूर्ण समाधानमा पार्टीले खेलेको ऐतिहासिक भूमिका नेपाली जनताको मानसपटमा ताजै छ। आज पनि शान्ति प्रक्रियालाई पूर्णता दिने, दिगो शान्ति कायम गर्ने र सङ्क्रमणकालको सफल व्यवस्थापन गर्ने कुरामा नेकपा एमाले अथकरूपमा प्रयत्नशील छ।

संसदीय क्षेत्रमा पार्टीले उल्लेख्य भूमिका खेलेको छ। विश्वव्यापी रूपमै समाजवादी आन्दोलनले गंभीर धक्का खाएको प्रतिकूल परिस्थितिमा समेत नेकपा (एमाले)ले २०४८ सालमा तत्कालीन प्रतिनिधिसभाका एक तिहाइ सिटमा विजय हासिल गरेर आफ्नो लोकप्रियता पुष्टि गरेको थियो। तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई समेत पराजित गर्दै राजधानीका दुई स्थानबाट विजय हासिल गर्ने कमरेड मदन भण्डारीप्रति लक्षित गर्दै न्युजविकले लेखेको थियो– नेपाल, जहाँ कार्ल माक्र्स जीवित छन्। २०५१ सालको मध्यावधि निर्वाचनमा सर्वाधिक सिट हासिल गर्दै पार्टीले पहिलो कम्युनिष्ट सरकार सञ्चालन ग¥यो। मनमोहन अधिकारी प्रधानमन्त्री रहनुभएको उक्त सरकारलाई आजसम्मकै सर्वाधिक लोकप्रिय सरकार र कमरेड मनमोहनलाई सर्वाधिक सम्मानित प्रधानमन्त्रीको रूपमा नेपाली समाजले आज पनि स्मरण गर्छ। त्यसबाहेक, २०६६ जेठदेखि २०६७ माघसम्म पार्टीका वरिष्ठ नेता कमरेड माधवकुमार नेपाल र २०६७ माघदेखि २०६८ भदौसम्म पार्टी अध्यक्ष कमरेड झलनाथ खनालले प्रधानमन्त्रीको रूपमा संयुक्त सरकारको नेतृत्व गर्नुभएको छ।

नेकपा एमालेको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद हो। जननेता कमरेड मदन भण्डारीद्वारा प्रतिपादित यो सिद्धान्त माक्र्सवादका विश्वव्यापी सच्चाइहरूलाई नेपालको विशिष्ट परिस्थितिमा लागू गर्ने सन्दर्भमा विकसित नेपाली क्रान्तिको सिद्धान्त हो, यो नेपाली क्रान्तिको मौलिक कार्यक्रम पनि हो। कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरणको नवीनतम मान्यता बोकेको जनताको बहुदलीय जनवाद नेपाली कम्युनिष्ट आन्दोलन तथा लोकतान्त्रिक आन्दोलनका व्यवहारबाट परीक्षित हुँदै सही साबित हुँदै आएको छ र आज पनि हाम्रा समग्र कामहरूमा यसले मार्गदर्शन गरिरहेको छ।

[hide]

हेवास

नेपालका राजनीतिक दलहरू

•नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) • नेपाली काँग्रेस • राष्ट्रिय जनशक्ति पार्टी • राष्ट्रिय प्रजातन्त्र पार्टी • जनमोर्चा नेपाल •एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) • नेपाल मजदुर किसान पार्टी • समाजवादी प्रजातान्त्रिक जनता पार्टी, नेपाल • राष्ट्रिय जनमोर्चा • नेपाल राष्ट्रिय विकास पार्टी •समाजवादी पार्टी नेपाल • राष्ट्रिय जनमुक्ति पार्टी • राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल • नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) • नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी-लेनिनवादी) •राष्ट्रिय जनता दल • नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) • नेपाल समता पार्टी • दलित जनजाति पार्टी • नेपाल सद्भावना पार्टी (आनन्दीदेवी) • हरियाली नेपाल पार्टी •नेपाल कम्युनिष्ट पार्टी (संयुक्त मार्क्सवादी) • शिवसेना नेपाल • मधेसी जन अधिकार फोरम, नेपाल • नेपाल को-अपरेटिभ पार्टी • नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी) •हिन्दु प्रजातान्त्रिक पार्टी • नव जनवादी मोर्चा • नेपाल राष्ट्रिय जनकल्याण पार्टी • राष्ट्रवादी मिलन केन्द्र नेपाल दल • राष्ट्रिय विकास पार्टी • नेपाल कम्युनिष्ट पार्टी (मा.ले.मा. केन्द्र)• मुस्कान सेना नेपाल पार्टी • लिग नेपाल शान्ति एकता पार्टी • नेपाली जनतन्त्र पार्टी • राष्ट्रिय जन एकता पार्टी • नेपाल जनसंघ पार्टी • प्रजातान्त्रिक शक्ति पार्टी •नेपाल जनभावना पार्टी • राष्ट्रिय जन प्रजातान्त्रिक पार्टी • नेपाल शान्ति क्षेत्र परिषद् • राष्ट्रवादी युवा मोर्चा • नेपाली राष्ट्रिय जनभावना पार्टी • लिवरल समाजवादी पार्टी •प्रजातान्त्रिक शान्ति पार्टी • नेपाली जनता दल • नेपाल राष्ट्रिय लोकतान्त्रिक दल • राष्ट्रवादी एकता पार्टी • नेपाली काँग्रेस (राष्ट्रवादी) • प्रजातान्त्रिक जनमुक्ति पार्टी •जनमुक्ति पार्टी नेपाल • लोकतान्त्रिक जनता पार्टी, नेपाल • नेपाल जागृति दल • स-शक्ति नेपाल • राष्ट्रिय जनता दल नेपाल • नेपाल प्रजातान्त्रिक युवा पार्टी • शान्ति पार्टी नेपाल •नेपाल जनता पार्टी • नेपाल बहुदल पार्टी • लोक कल्याणकारी जनता पार्टी नेपाल • सद्-भावना पार्टी • तराई-मधेश लोकतान्त्रिक पार्टी • मंगोल नेशनल अर्गनाइजेशन •नेपाल साम्यवादी दल • नेपाल परिवार दल • संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च • नेपाः राष्ट्रिय पार्टी • मधेशी जनअधिकार फोरम मधेश • नेपाल लोकतान्त्रिक समाजवादी दल •नेपाल सुकुम्वासी पार्टी (लोकतान्त्रिक) • नेपाल दलित श्रमिक मोर्चा • चूरेभावर राष्ट्रिय एकता पार्टी नेपाल • ताम्सालीङ नेपाल राष्ट्रिय दल • नव नेपाल प्रजातान्त्रिक दल •अखण्ड नेपाल पार्टी • विवेकशील नेपाली


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]www.cpnuml.org नेकपा एमालेको आधिकारिक वेवसाइटविकिमिडिया कमन्समा अरु धेरै सामग्रीहरू छन्: Communist Party of Nepal (Unified Marxist-Leninist)

श्रेणीहरु: निश्पक्षता विवादहरूसबै निश्पक्षता विवादहरूराजनीतिनेपालका राजनीतिक दलहरू

नेविगेशन मेनू

Sujit k.m१०मेरो कुराप्रयोगस्थलमेरा अभिरुचिहरूबेटामेरो अवलोकनसूचीमेरो योगदाननिर्गमन (लग आउट)

लेखवार्तालाप

पढ्नेसम्पादनइतिहास हेर्नेअवलोकन

थप

गृह पृष्ठसामाजिक पोर्टलहालैका घटनाहरूनयाँ परिवर्तनहरूकुनै एउटा लेखदान

सहायता

सहायतानेपालीमा कसरी टाइप गर्ने?चौतारीप्रयोगस्थल