मीरा बाई (बाई भने शब्द राजस्थानी भाषामा सामान्यतय आईमाईहरुको लागि प्रयोग गरिने शब्द हो) भग्वान कृष्णकी भक्तिनीका रुपमा प्रसिधि पाएकी महिला हुन् । १२०० -१३०० प्रार्थना गरिने गीत र भजनहरु उनका नामले एकदमै प्रसिध छन्।साथै ती सँसारका धेरै भाषाहरुमा रुपान्तरण पनि गरिएका छन्।भक्तिको परम्परानुसार तिनीहरुमा खासगरी भग्वान कृष्णको प्रसँशा गरिएको छ।ऊनले आफ्ना सम्पुर्ण कविताहरुमा आफ्नो मनमा रहेको कृष्णप्रतिको अगाध प्रेमलाई देखाएकि छ्न्। साथै कृष्णको भक्ति गरेर बाँच्नुनै जीवन बाँच्ने सबैभन्दा राम्रो तरिका हो भनेर हामिलाई सँदेश दिएकी छन्।उनका अनुसार कृष्णको भक्ति गर्नाले मनका सारा इच्छा-आकाँक्षा हराउँछन् र मोक्ष प्रप्ति हुन्छ। मीरा कुर्कि भन्ने गाँउमा एक राजपुत राजकुमारी को रुपमा जन्मिएकि थिइन्। उनका पिता जय सिँह अमान थिए।बाल्यावस्थामा नै मीराले एक ऋषिबाट भग्वान कृष्णको सुन्दर मुर्ति उपहार स्वरुप प्राप्त गरेकी थिइन्। केही वर्षपछि ऋषिले तिमी यसलाई राम्ररी राख्न सक्दिनौ भनेर लिएका थिए। त्यसपछि मीरा, उनको साथी ललिता र आफ्नो पर्ने भाइ जयमाल सिंह सँग मुर्ति ल्याउन ऋषिका घर गए। त्याँहा पुगेपछि उनीहरुले त्यो मुर्ति रोइरहेको र चढाइएका कुराहरु पनि अस्वीकार गरेको देखे।त्यसको अर्को दिन ऋषिले मुर्ति मीरालाई नै फर्काएका थिए र त्यसपछि त्यो मुर्ति आफ्नो जीवनकाल भरि नै मीराले आफुसँग राखेकी थिइन् ।उनले पछि त्यो मुर्तिसँग नै अफ्नो विवाह पनि गरेकी थिइन् र आफुलाई कृष्णको पत्नी मानेकी थिइन्।उनी कृष्णभक्ति गर्न आफ्नै बाबुबाट पनि प्रभावित थिइन्।उनका पिता कृष्णका ठूला पूजारी थिए। मीराको विवाह सामाजिक तथा परम्परागत रूपमा चितौरका राजा राणा साँगा का जेठो छोरा भोजराज सँग सानै उमेरमा भएको थियो।उक्त विवाहबाट मीरा दु:खी थिइन् किनभने उनी आफुलाई कृष्णको पत्नी मान्थिन्। उनको पति भोजराज को मृत्यु इ स १५२७ मा लडाइमा भएको थियो र त्यतिबेला उनी मात्र २० वर्षकी थिइन्। सुरूमा मीरा आफ्नो कृष्णप्रतिको प्रेम कसैलाई पनि भन्दिनथिइन् तर कुनै कुनै बेला उनको मनमा रहेको प्रेम दिमागलै जितेर बाहिर आउन सफल हुन्थ्यो र उनलाई अगाध आनन्द दिन्थ्यो र उनलाई सडक तथा गल्लीहरुमा कृष्णका प्रेमको गीत गाँउदै नाच्न तुल्याउँथ्यो। तर चितौरका नँया राजा ,उनका देवर ,विक्रमादित्यलाई भन्ने यो कुरा पटक्कै मन पर्दैनथ्यो। यसका लागि विक्रमादित्यले धेरै चोटि मीरालाई मार्ने प्रयास पनि गरेका थिए ।मीराकी नन्दले पनि उनका बारेमा धेरै अपवाह फैलाउने गर्थिन। केही किताबहरूमा लेखिएनुसार विक्रमादित्यले उनलाई मार्न निकै प्रयास गर्थे ।ती प्रयासहरु यस्ता हुन्थे : -विक्रमादित्यले प्रसाद तथा चर्णामृतमा विष मिलाएर खान लगाए,तर भग्वानले त्यसलाई अमृतमा परिणत गर्नुभयो। -विक्रमादित्यले मीराको ओछ्यानमा धेरै किल्लाहरू राख्न लगाएका थिए तर भग्वानको कृपाले ती किल्लाहरु गुलाबको फूलमा परिणत भए। तिनले आफ्नो एक कवितामा यसरी लेखेकी छन्"शुल सेज राणा नै भेजी दीज्यो मीरा सुलाए /साँझ भई मीरा सोवन लागी,मानो फूल बिछाय"। - एकपटक विक्रमादित्यले फूलदानीमा सर्प राखेर मीरालाई दिएर भनेका थिए"यो तपाईको भग्वान कृष्णले तपाईलाई उपहार पठाउनु भएको हो" तर तिनले खोल्दा भने त्यसमा उपहार झैँ फूलको सुन्दर माला थियो।

 यस्ता धेरै भनाईहरु छन।

मीरा केही समयकालागि आफुलाई गुरु रविदासका शिष्या भनेर पनि भनेकी थिइन्। उनले आफ्नो जीवनको अन्त्यको केही वर्ष द्वारिका मै बिताएकी थिइन्। मीरा बाई आफ्नो जीवनको अन्त्यमा धेरै मान्छेहरुको अगाडि नै द्वारिकाधीस(भग्वान कृष्ण)को मुर्तिमा विलीन भईन्। उनी आफुलाई पुन: जन्मिएकी कृष्णको गोपिनी ललिता मान्थिन्। मीराले आफ्नो क्रियाकलापद्वारा यस सँसारलाई नै प्रेम श्ब्दको नयाँ अर्थ दिइन्। उनको प्रेमलाई आँखा खोलेर हेर्न अहिले हेर्न सकिदैन तर बन्द गरेर भने आफ्नो मनमा महसुस भन्ने पक्कै गर्न सकिन्छ।