प्रयोगकर्ता:Nawaraj Ghimire/महिला सशक्तिकरण

==महिला हिँसा==
नेपाली समाजमा एउटा भनाइ प्रचलित छ ‘नारी र पुरुष एकै रथका दुई पाङ्ग्रा हुन् ।’ नारी र पुरुष कुनै एकको अभावमा समाज अपूर्ण हुन्छ । नारी संसारको सृष्टिकर्ता हुन् । नारीविनाको संसार कल्पना गर्नु त मूर्खता हुन्छ । किनकि नारी भनेकी जननी हुन् । त्यसैले समाज निर्माणमा नारी र पुरुष दुवैको अहम भूमिका रहन्छ । 

   समाज परिवर्तनशील छ । परिवर्तनशील समाजसँगै मानिसका सोचाइ, व्यवहार र आनीबानीमा समेत परिवर्तन हुनु जरुरी छ । परिवर्तनशील समाजले नै भविष्य निर्धारण गर्दछ । तर अझैसम्म पनि हाम्रो पुरानो सोचाइमा परिवर्तन भएको देखिँदैन । आजको २१ औं शताब्दीमा पनि समाजमा रुढीवादी, छुवाछुत, जातपात इत्यादि व्याप्त छ । त्यस्तैको एक रुप हो महिला हिँसा ।