घाङल गा०वि०स०को परिचयः डोटी जिल्लाको सदरमुकाम ससिलगढीदेखि करिब ३४ कोषको पैदल दूरीमा पर्ने घाङल गा०वि०स० सदरमुकाम देखि सुदूर दक्षिणमा रहेको छ । सीमानाको हकमा यस गा०वि०स० को पूर्बमा सिमचौर गा०वि०स०‌ पश्चिममा बर्छैन गा०वि०स० उत्तरमा लानाकेदारेश्वर गा०वि०स० र दक्षिणमा कैलाली जिल्लाको पण्डौन र मोहन्याल गा०वि०स० पर्दछन् । यस गा०वि०स०को भौगोलिक बनोट हेर्ने हो भने धेरै जसो भूभाग भिरालो रहेको छ । यस जिल्लामा बिभिन्न जातिका मानिस बस्ने गर्दछन जसमा बाहुन क्षेत्री मगर गुरुङ लामा दमाई कामी सार्की आदी जातिका मानिस प्रमुख हुन् ।यहाँ धान गहुँ मकै कोदो आदि अन्न बाली लगाईन्छ भने नगदे बालीका रुपमा अदुवा र बेसार प्रमुख रुपमा लगाईन्छ ।जातीय विविधता भएको कारणले यहाँ भाषामा पनि विविधता पाईन्छ । यहाँ सबै भन्दा बढी बोलिने भाषा नेपाली हो भने त्यसपछि बोलिने भाषा डोटेली हो । प्रतिशतका हिसाबले पहिलव स्थानमा रहेको मगर जातिले बोल्ने भाषा तेस्रो स्थानमा रहेको छ ।यसैगरी यहाँ अछामी भाषा बोल्ने समुदाय समसेत केहि मात्रामा रहेका छन् ।

यस गा०बि०स० लाई सहजपूर बोगटान सडकले छोएको भए पनि गा०वि०स० को सदरमुकाम सम्म सडक पुग्न सकेको छैन । यस गा०वि०स०को ज्यूना लेकमा सी०डी०एम०ए०को टावर बनेको कारण स्काई फोनको बिस्तार भएको छ । यस०गगा०वि०स० मा प्राप्त भएका अन्य सरकारी सुबिधाहरुमा हेल्थपोषट प्रहरी चौकी अतिरिक्त हुलाक पशु सेवा उपकेन्द्र रहेका छन् भने गैर सरकारी कार्यालयहरुमा ग्रामिण समुदाय विकास केन्द्र सुनौलो महिला बहुउद्देश्यीय सहकारी सँस्था लि० घाङल बहुउद्देश्यीय सहकारी सँस्था लि छन ।