प्रयोगकर्ता:Mimraj/प्रयोगस्थल

साउने सोमबार किन विशेष महत्व छ हिन्दुधर्म शास्त्र अनुसार श्रावण महिनाको सोमबारमा शिवजीको व्रत र पूजाको विशेष महत्व पाइन्छ । साउन महिनाको सोमबारमा शिवजीको व्रत र पूजा गर्नाले त्यसको फल अधिक प्रभावकारी हुन्छ भन्ने शास्त्रीय वचन पाइन्छ। साथै सम्पूर्ण मनोकामना पुरा हुन्छ भन्ने जन विश्वास पनि रहदै आएको छ ।

श्रावण महिनामा देवी पार्वतीले सोमबारको व्रत बसेर भगवान् शिवलाई पतिका रुपमा प्राप्त गरेको किम्वदन्तीले विधिपूर्वक व्रत गर्नाले इच्छाएको व्यक्तिसँग विवाह हुने जनविश्वास रहेको छ । साथै साउने सोमबारमा व्रत, पूजाआराधना गर्नाले स्वयं र आफ्नो स–परिवारको सुस्वास्थ्य, दीर्घायु, एवं विभिन्न कामना पूर्ण हुने, भएको हुँदा, श्रावण महिनाको सोमबारलाई विशेष गरी महिलाहरुले बढी महत्त्व दिन्छन्.......Read more