विधेयक

विधेयक भनेको राज्यको ऐनको मस्यौदा हो, जुन कानुनको रुपमा छलफल गर्न वा कानुनको रुपमा स्विकार गर्नको लागि सदनमा पेश गरिन्छ । यो मुख्यत तिन प्रकारको हुन्छ ।


सार्वजनिक विधेयक


व्यक्तिगत सदस्यको विधेयक


व्यक्तिगत विधेयक


सार्वजनिक विधेयक सार्वजनकि विषय संग सम्वन्धित विधेयक जुन विषेश गरि मन्त्रिद्वारा सदनमा पेश हुन्छ र यस्को मुख्य उदेश्य सार्वजनिक हितको रक्षा गर्नु हुन्छ ।


व्यक्तिगत सदस्यको विधेयक यो पनि सार्वजनिक हितको विधेयक नै हो तर यो सदनमा मन्त्रिले नभई एक संसदले पेश गर्दछन ।


व्यक्तिगत विधेयक सार्वजनिक हितको विषय नभई व्यक्तिगत हितको निमित्त पेश हुने विधेयकलाई व्यक्तिगत विधेयक भनिन्छ । यो मन्त्रि वा सांसद द्वारा नभई संस्थान वा अन्य कुनै निकायले विज्ञापन द्वारा कुनै विधेयक प्रस्तुत गर्दछ । यस्तो व्यवस्था नेपालमा छैन ।