प्रयोगकर्ता:Kusumakar8009/प्रयोगस्थल

वि सं २०२६ को मंसिरमा जन्मेका शाश्वत पराजुली बालसाहित्यका सुपरिचित लेखक हुन् । अर्थशास्त्रमा स्नातकोत्तर गरेका शाश्वतका दुई दर्जन भन्दा बढी बालकथा र चित्रकथाका किताप प्रकाशित छन् । उनले दर्जनौ बाल पुस्तकहरुको सम्पादन पनि गरेका छन् । उनले बालपत्रिका ‘मेला’ र ‘कान्तिपुर’ दैनिकको परिशिष्टाङ्क ‘कोपिला’को पनि सम्पादन तथा संयोजन गरेका छन् । ‘आधा देशको राजकुमार’ बालउपन्यासका लागि शाश्वतले अन्तर्राष्ट्रिय नेपाली समाजको उत्कृष्ट बालकृति पुरस्कार पाएका छन् । यसैगरी ‘विचरो बुख्याचा’ कृतिका लागि पारिजात पान्डुलिपि पुरस्कार पाएका छन् । उनी बाल विकास पत्रकारिता पुरस्कार, रडियो नेपालको उत्कृष्ठ गीतकार पुरस्कार, जमर्को बालसाहित्य पुरस्कार लगायत अन्य थुप्रै पुरस्कारबाट पनि सम्मानित छन् । बालमनोविज्ञान र बाल रुचि बुझेका शाश्वतका बालसाहित्यिक कृतिहरू निकै लोकप्रिय मानिन्छन् । शाब्वत बालसाहित्यमा सबैभन्दा बढी पुस्तक बिक्री हुने लेखकका रुपमा पनि चिनिएका छन्

शाश्वतका प्रकाशित पुस्तकहरू हुन् :

१. हीराको टुक्रा (बालकथा संग्रह) २. अनुहारको चित्र (बालकथा संग्रह) ३. लाटोकोसेरोलाई लड्डु (बालकथा संग्रह) ४. बादलुले रङ फेर्दा (गीत संग्रह) ५. छिमेकी चरा (अनुवाद बालपुस्तक) ६. पुलतीको यात्रा (बालचित्र पुस्तक) ७. बिचरो बुख्याचा (बालचित्र पुस्तक) ८. दङ्ग फुरुङ्ग (बालचित्र पुस्तक) ९. भकुल्लेको साथी को ? (बालचित्र पुस्तक) १०. चुस्के र छुस्के (बालचित्र पुस्तक) ११. हिउाकान्छा (बालचित्र पुस्तक) १२. सुरीको साइकल (बालचित्र पुस्तक) १३. जन्मदिन (सहलेखन) १४. भुकली र म्याउँची (सहलेखन) १५. रमाइलो मेला (सहलेखन) १६. गोपीको टोपी (बालचित्र पुस्तक) १७. सिाहपता मैजु र अरू कथाहरू (बालचित्र कथा–पुर्नकथन) १८. म आफैं गर्न सक्छु (बाल तस्वीर पुस्तक) १९. आधा देशको राजकुमार (बाल उपन्यास) २०. सोहन र सर्कस (बालकथा संग्रह) २१. बुर्लुक्क उफ्रादै मुसुक्क हाास्दै (बालचित्र पुस्तक) २२. लालमोहन रसभरी (बालचित्र पुस्तक) २३. हिमालमा के के छ ? (बालचित्र पुस्तक) २४. न त मम नत बारा (बालचित्र पुस्तक) २५. छाता र वर्षादी (बालकथा संग्रह) २६. गुइाठे र गुलेली (बालकथा संग्रह)