प्रयोगकर्ता:Kotihom/प्रयोगस्थल
कनकाई धाम (कोटीहोम) पूर्वान्चलको एउटा महत्वपूर्ण धार्मिक पर्यटन क्षेत्र हो । यो धाम नेपालको झापा जिल्लाको करिव मध्ये भागमा पर्ने सुरुङ्गा गाविसको वार्ड नं ४ मा तथा प्रशिद्ध कनकाई नदी (कन्काई नदी) को पूर्वीय तटीय क्षेत्रमा अवस्थित छ । कनकाई धामलाई कन्काई धाम, कोटीहोम, माइधाम, माइ आदी नाम ले पनि पुकार्ने गरिन्छ ।[१]
इतिहास
सम्पादन गर्नुहोस्नेपालका विभिन्न धार्मिक महत्वका नदीहरु जस्तै कनकाई नदी (माइ नदी)मा पनि बिगत कैयन वर्ष अघि देखि नै स्थानीय हिन्दु धर्मावलम्वी भक्तजनहरुद्वारा आश्था पूर्वक पूजा आराधना गर्ने प्रचलन थियो र आज पर्यन्त छ । यसो गर्दा आफुले राखेको मनोकाक्षा पुरा हुन्छ भन्ने जन विश्वास रहदै आएको छ । यसै परिप्रेक्षमा नेपालको आध्यात्मिक जगतका चर्चित व्यक्तित्व तथा नेपालका रास्ट्र गुरु योगी नरहरिनाथ ज्यूको बिशेष अगुवाई तथा विभिन्न क्षेत्रका धार्मिक सन्त तथा समाजसेवीहरुको सक्रियतामा विक्रम सम्बत २०४२ सालको पौष महिना भर (एक महिना सम्म) विश्वकल्याण कोटीहोम महायज्ञ यसै क्षेत्रमा आयोजना गरियो, तत् पस्चात यस स्थानलाई कोटीहोम भन्न थालिएको हो र पछि विकशित हुदै गएपछि कनकाई धाम भनेर चिनिन थालियो ।[२]
बिकास र विस्तार
सम्पादन गर्नुहोस्वि.स. २०४२ सालको महायज्ञ सम्पन्न भए पश्चात यस स्थानमा महायज्ञ गरिएको अग्नीलाई बचाई राख्न सोही यज्ञ कुण्डलाई यथावत राख्दै सो स्थानमा शिवपान्चायन मन्दिरको निर्माण गरिएको थियो (जुन मन्दिर हाल भब्य रुपमा पुन:निर्माण गरि सकिएको छ) । साथै सो स्थान मा योगी नरहरिनाथ आफैले उद्घाटन गरी एउटा सस्कृत विद्यालय समेत प्रारम्भ गराई दिनु भएको थियो(जो आज पर्यन्त संचालन मै रहेको छ) । यस पछि यस स्थानमा विभिन्न थर गोत्रीय वन्धु सस्था र दाताहरुबाट धर्मशाला तथा मठ मन्दिरको निर्माण कार्यहरु हुन थाले पनि कोटीहोम क्षेत्रलाई औपचारिक रुपमा धामको रुपमा विकशित गर्नको लागि वि.स.२०४७ सालमा समाजसेवी भक्त बहादुर खड्काको अध्यक्षतामा विधान बनाइ कनकाई धाम धार्मिक विकाश सस्था कोटीहोम नामक सस्थाको विधिवत गठन गरी दर्ता गरिएको थियो, सोही सस्थाको मातहतमा हाल सम्म यस स्थानको विकास निर्माण सम्पादन, समन्वय, संचालन तथा संरक्षणका कार्यहरु हुदै आएका छन् । कनकाई धाम (कोटीहोम) मा दर्जनौ मठ, मन्दिर, धर्मशाला, पाटी पौवा, निर्मित तथा निर्माणाधीन छन् भने भने विभिन्न धर्म सम्प्रदायहरु जस्तै: बौद्ध मार्गिको गुम्वा, निम्वार्ग, कबिर, प्रणामी, साइराम, आर्य समाज आदिका आ-आफ्नै अश्रमहरु र विभिन्न थर गोत्रीय बन्धु सस्थाका आ-आफ्नै मन्दिर तथा धर्मशालाहरू पनि रहेका छन् । यस ठाउँको प्रसिद्ध तथा मूल मन्दिर को रुपमा भने कोटीयज्ञेश्वर शिव पान्चायन मन्दिर (जसलाई कोटीहोम मन्दिर भनिन्छ) लाई मानिन्छ । यस अलावा यस स्थानमा अथिति आवास तथा कार्यक्रम गर्न भनि बनाएका केही बहु उद्देश्यिय सामुदायिक भवन र फुलवारी (उद्यान वाटिका) धमाधम निर्माण को क्रममा छन् ।[३]
दर्शनार्थी तथा पर्यटकको आवागमन
सम्पादन गर्नुहोस्क्रमश: लेखिने
कनकाई धामका उल्लेखनीय विषयवस्तु
सम्पादन गर्नुहोस्क्रमश: लेखिने
सन्दर्भ सामाग्री
सम्पादन गर्नुहोस्- ↑ "Surunga/Religious and touristic sites", Digital Himalaya.।
- ↑ "कनकाई माइ", Tourism Office Kakarvitta।
- ↑ "कोटीहोम", Tourism Office Kakarvitta।
Kotihom (कुरा गर्ने) १२:१८, २८ अक्टोबर २०१२ (युटिसी(UTC))