प्रयोगकर्ता:Gorkhesailo/प्रयोगस्थल

बहरबद्ध गजल

म जन्मेँ यहीँ नै फुल्यो केश मेरो छ माटो पियारो यही देश मेरो ।

सिलाई लवेदा पुरानो छटाको लगाएर आएँ यही भेष मेरो ।

छ नेपाल यौटा अनौठो जगत्मा उजाडी नफ्याके परीवेश मेरो ।

गरीवी म मान्छे न पैसा न खेती खरानी बनेको सबै शेष मेरो ।

छ गोर्खे निशानी पुरानो पनाको बचाएर राखे सही फेस मेरो ।

छन्दः भुजङ्गप्रयात (बहरे मुतकारिब मुसम्मन सालिम) यगण, (।ss) (फऊलुन् s ४) रुक्नमा आधारित - गोर्खेसाइँलो वेवसाइटः www.pallawa.com.np . इमेलः gorkhesailo@yahoo.com गजल कटेरी, विशालमार्ग, नारायणगढ, चितवन

बहरबद्ध गजल पाखा र पखेरो नाँचेको मान्छे म सिन्की र ढिँडोले बाँचेको मान्छे म ।

आँटो र पिठो जे जस्तो पाके हुन्छ मूला, नुन थेबे चाटेको मान्छे म ।

धान्दै छु हिमाली गाई-गोरू गोठ जन्मै छ भकारो टाँसेको मान्छे म ।

सेवा छ सधैँको गाई चौँरी जात मोही र दहीले साँचेको मान्छे म ।

नारेर सधैँ गोरू खेतीको याम जोतेर हली मै दाँजेको मान्छे म ।

बहर हजज मुसम्मन् अखरब महजूफ अखरम मुस्तफ्इलु, मुस्तफ्फैलुन्, मफ्ऊलात रुक्नमा आधारित ss।।, ssss, sss।,

गोर्खे साइँलो विशालमार्ग, नारायणगढ, चितवन । वेवसाइटः www.pallawa.com.np .

छन्द कविता - प्रस्ताव

                     - गोर्खे साइँलो

लेखेथेँ कविता त्यही समयमा रम्दै पुगी साथमा आयो याद सधैँ खुलेर मनमा शब्दार्थकै सम्झना । सम्झी शब्द सबै निशब्द नहुने पाना भरी लेख्दछु दृष्टी गोचर झैँ बगेर सपना बाढी सरी देख्दछु ।।

मिथ्याकार्य भयो अचानक भने दुःखी हुनेमा म छु प्यारो मित्र सधैँ प्रगाढ रहनू यौटै कुरा भन्दछु । भन्नैपर्छ भने गमेर कहनू मेरो कुरा यो भनी झुट्टाशब्द कुनै नसोच्नु मनमा गाह्रो परेता पनि ।।

पाए साथ मिठो रमेर बसुँला प्यारी सँगै साथमा माया-मोह पुरा म गर्छु मनले रात्री, दिवा, प्रातमा । यौटा सुन्दर यामयो लगनमा सिन्दूर छ यो माथको हाम्रो कार्य पुरा सबै हुन पुगे इच्छा सँगै साथको ।।

हाम्रो याम सबै मिठा हुन पुगे हाँसौँ रमाई अव चिन्ता ब्यर्थ यहाँ नलेउ मनमा पुग्ने छ इच्छा सब । नौलो जीवनको नयाँरथ यहाँ हाँकौँ रमाई वरू होला पूर्ण सबै मनोरथहरू बाँकी रहेका अरू ।।

पूर्वै-पश्चिमको निर्रथक यहाँ नाता बन्यो जिन्दगी लिङ्गे पीङ सरी मिलेर दुइले मच्चाउँ है बेस्सरी । पानी-घाटसरी विशाल वहने माया नदी सुन्दर अङ्गालो कसिलो बनाउ दिलले मीठो अरू केछर ?।

छन्दः शार्दूल विक्रीडित छन्द, म स ज स त त गु १९ अक्षर -sss.।।s.।s।.।।s.ss।.ss।.s) १२.७ मा विराम


'आजको परिवेश'
- गोर्खे साइँलो

ठाडो शीर्ष गरी बसेर उसले, यो देश डस्ने भयो हाम्रो देश कता कता छ घरनै, हेक्का नबस्ने भयो । उच्चस्थान बची किसान गरने, माटो त बग्दै रुँदा पाहाडी जनमा निराश मनमा, नेपाल टुक्रा हुँदा ।।

जातैजात विषे विवाद झगडा जातित्वका खातिर मेरो राज्य भयो भनेर उसले धम्क्याउने आखिर । यस्तै बोल यहाँ सुनिन्छ दिनहूँ मिल्दैन राम्रा कुरा आई चेप्छ छिमेकले अझ बढी सीमा मिचेरै पुरा ।।

खेतीयोग्य थलो विशाल समथर् माटो थियो सुन्दर मिल्ने भो परदेशमा त सहजै छेक्ने यहाँ को छ र ? स्वार्थैस्वार्थ बढी विराट मनका नेता भए देशको नेपालीमन रुन्छ दैनिक यहाँ माया बढी देशको ।।

आधा राज्य हिजै लुटेर जसले खाँदै छ उग्राउँदै उस्कै स्वार्थ पुरा हुनेछ अब ता मातृत्व भत्काउँदै । कोही छैन यहाँ बचाउन भनी नेपाल आमा तिर कुर्चीको ममता बचाउन सधैँ मान्दै छ पद्को पिर ।।

बोल्दामा सजिलो विकास पथको वाचा गरेका थिए सोझा थे जनता प्रलोभ बहुतै बाँड्दै हिँडेका थिए । सारा भस्म भए जमान तिनका क्वै छैन विश्वासमा भ्रष्टैभ्रष्ट भए कठै सबजना नेताहरू देशमा ।।

छन्द: शार्दूल विक्रीडित छन्द, म स ज स त त गु १९ अक्षर -sss.।।s.।s।.।।s.ss।.ss।.s) १२.७ मा विराम

  - गोर्खे साइँलो

गजल कटेरी, विशालमार्ग, नारायणगढ, चितवन । E-mail: gorkhesailo@yahoo.com Website: www.pallawa.com.np


गोर्खे साइँलोको एउटा कविता

       'मातृअलाप'

पुर्खाको बरदान मान्यजन औ नाता र गोता भयो सारामा खुस दान गर्नु परने पालो त हाम्रो थियो । पानी पिण्ड दिने र काज गरने आशाहरू जे थिए सोही माफिक नै पुरा हुनगयो छोरोहरू जन्मिए ।।

प्याएँ मुग्धहुँदै सहस्त्र तन यो छात्ती सुकाई कन माया स्नेह गरेर काख बिचमा राखेँ रमाई मन । छोरै जन्म भयो भनेर मनमा के - हर्षहे मानव ! तेही पुत्र अझै लुकेर डसने आफैँ बनी दानव ! ।

फुस्रोरङ्ग भयो उमेर ढलिगो गोडा नचल्ने भयो उल्टोचाल चली गिँडेर ममता छोरो त अर्कै भयो ।। कस्तो कर्म हरे ! निराश जुनि यो रोएर बाँच्नु पर्‍यो पापी दैव हुँदा दुषास सहमत् शाखाहरूमा परयो ।।

आशा धेर थियो रमाइ बसने सत्पुत्रका साथमा साराभङ्ग हुँदा विषाद मनमा सोच्दै रहेँ रातमा । मेरो धैर्य टुटी विलाप मनका चिन्ता दिवा-रात्रमा सोच्ने शक्ति कहीँ रहेन मकनै पुत्रादिका साथमा ।।

देला साथ सधैँ भनेर मुटुमा आशा भरेँ हर्षेले केको साथ दिने अघोर मनको कालो ठुलो र्सपले । राता नैन बनी बगेर गहमा अश्रू भरी नेत्रमा जस्को साथहुने बिचार मनथ्यो देखेँ दोषी पुत्रमा ।।

पानीको टकरारमा त जसरी फोको उठी फुट्दछ त्यस्तैहो धनको प्रलोभ पथयो चाँडै जुटी छुट्दछ । स्वार्थी र्ब्यर्थबनी उजाड किनहो - पित्री पुजारी न भै मातुस्थान तिरै सवार भइगो वंशाणु छोडी सबै ।।

मीठो रम्य जुटेछ यो समरमा साह्रै चनाखी परी राम्रो ज्ञान भरी पढाइ खुदले सूधो बनाई चरी । राम्रो भक्त भयो कठै सुत यहाँ देवी हुँदा साथमा मालाजप्छ सधैँ वसन्त ऋतुको ज्ञानी बनी प्रातमा ।।

छन्द: शार्दूल विक्रीडित छन्द, म स ज स त त गु १९ अक्षर -sss.।।s.।s।.।।s.ss।.ss।.s) १२.७ मा विराम

गजलकटेरी, विशालमार्ग, नारायणगढ, चितवन । E-mail: gorkhesailo@yahoo.com Website: www.pallawa.com.np