न खानाको ठेगान, न सुत्नको नै ठेगाना, सडकमा फालिएका ती खानेकुरा नै जीवनको सारथी बन्न पुग्छ । साहु“को त्यो तीखो वाण्ँले सधै“ मुर्छा परेको त्यो अवस्थामा भुइ“को ओछयान नै उनीहरुको सहारा बन्न पुगेको छ । कस्तो बिडम्बना छ नेपाली बालबालिकाहरुको, यस्ता बिडम्बनाहरुको सामना गरीरहेका छन् । अधिकार र कर्तव्यका लागि धेरै नारा लगाइयो । भाÈण्ँ छा“टियो, कार्यक्रम गरियो, भत्ता बाडियो तर खै त्यी कुराहरु कहा“ गए ?? कुरामा कुरा, तालीमा ताली मात्र ।

अहिले सामान्यतयाः १६ वर्È सम्मका केटा वा केटीलाई नेपालमा बालबालिकाको संज्ञा दिइएको छ । भने यस्ता बालबालिकाहरुलाई श्रम निशेध गरिएको छ । तर हाम्रो देशको अवस्थालाई सरसरी नियल्ने हो भने बालबालिकाहरुको बाल शोÈण्ँ हनन भईरहेको छ उनीहरुले प्राप्त गर्नु पर्ने अधिकारहर पाइरहेका छैनन् । यसले एकातिर बालबालिकाको शारीरिक, मानसिक, सामाजिक तथा संवेगात्मक रुपमा हानी पु¥याई रहेको छ भने अर्कोतिर उनीहरुको नैसगिर्क अधिकारको समेत हनन हुन पुगेको छ ।

आज मानिसहरु आङ्खनो परिवार, समुदायको सम्वृद्धिको कामना गर्दै अहोरात्र खटिएको छ । तर विडम्बना भोलिका सम्भावकहरुलाई लत्याएर कैयौ“ बालबालिकाहरु विभिन्न स्थानमा श्रमीकको रुपमा प्रयोग भएका छन् । सडकका पेटीमा होस् या होटलमा, गिट्टी कुट्रने देखि लिएर कारखाना तथा हरेक क्षेत्रमा बालबालिकाहरुको नै हात रहेको देखिन्छ । यातयातका साधनमा ढोका ढकढक पारी यात्रुलाई सेवा गर्ने पनि तीनै बालबालिका छुन् । हरेक क्षेत्रमा बालबालिकाहरुको अधिकार खोसिएको छ । भन्न त नेपालको कानुनमा बालबालिकाहरुका यस्ता काममा श्रमिक बनाउनु अनैतिक तथा अपराधिक र समाज विरोधी कार्य भनेपनि त्यो हात्तीको मुखमा जिरा जस्तै भईदिएको छ ।

म विश्वस्त छु की हामीले बालबालिकाका लागि केही अधिकारहरुको माग गर्नुपर्छ र ती अधिकारहरुलाई विश्वभरी सबैबाट मान्यता प्रदान गराउनका लागि खटेर प्रयास गर्नुपर्दछ । प्रथम विश्वयुद्धले गरेको धनजनको क्षा बालबालिकाहरुको बिचल्ली देख्न नसकेर बालबचाउ संस्थाकी संस्थापक एगलेन्टाइन जेवले बालअधिकारका लागि यस्तो भनाई उठाएका थिए । त्यस पछि नी त कयौ“ व्यक्तिहरुको जन्म भएको छ नी तर किन जेवले भनेका जस्तो अरुले गर्न सकेनन् त । त्यसपछिका प्रत्येक मानिसले बालबालिकाको अधिकारको निम्ति खटेर नै काम गरिरहेका छन् त त्यसो त दिनहुजस्तो बलात्कारका घटना, बालदुव्र्यसनका खबरहरु किन भइरहेको छ त ?

हाम्रो देश गरिबीको चपेटामा छटपटिरहेको भएर पनि हुन सक्छ बालबालिकाहरु श्रमिक बन्नु पर्ने अवस्था सिर्जना भएको हो । गरिबीका कारण्ँले कतिपयको त आङ्खना आमाबाबुले काममा राखिदिर्ने गर्दछ । धेरै थोरै काम गर्दा पैसा आउने आशामा पनि बालबालिकाहरु त्यस्ता काममा उत्साहित हुन्छन् । तर यस्तो गर्दा उनीहरुको बालअधिकारको प्रत्यÔ रुपमा हनन भएको देखिन्छ । किताब र कापी च्यापेर विद्यालय जानु पर्ने समयमा यस्ता बालबालिकाहरु सडकका गल्ली गल्लीमा फोहोर टिप्न बा“ध्य छन्, होटलमा भाडा माभ्न बा“ध्य छन्, अर्काको दासी बन्न बाध्य छन् ।


यदि सा“च्चै नै बालबालिकाका निम्ति तथा उनीहरुका हक अधिकारका निम्ति काम गर्ने नै हो भने सरकारी निकाय तथा संघ संस्था मौन होइन अब तिखारिनु आजको प्रमुख समाधानको बाटो देखिन्छ । होइन भने यस्ता बालबालिकाका निम्ति काम गर्ने संघ संस्थाहरुको स्थापना हुनु कुनै अर्थ नै रहने छैन । र यस्ता कुराहरु सबैले आङ्खनो व्यवहारमा पनि उतार्नु आजको मुल आवश्यक देखिन्छ । यसमा सम्बन्धित निकायको ध्यान जाओस् ।