दीपक ठकुरी दीपक ठकुरीकाे जन्म वि. सं. २०४८ फाल्गुन २२ गते सिन्धुली जिल्लाकाे दुधाैली नगरपालिका वडा नं. ७, डम्बरखाडीमा भएकाे हाे । माता उदयकुमारी र पिता सेरबहादुर ठकुरीका जेष्ठ पुत्रका रूपमा जन्मिएका दीपकले ५ वर्षकाे उमेरदेखि सिमराई प्राविबाट प्रारम्भिक शिक्षा आरम्भ गरेका हुन् । कक्षा ६ देखि ८ सम्म निमावि सुगारेमा अध्ययन गरे । कक्षा ९ देखि १२ सम्म त्रिवेणी उमाविमा अध्ययन गरेका दीपक ठकुरीले त्रिभुवन विश्वविद्यालयबाट दर्शनाचार्यसम्मकाे अध्ययन गरेका छन् ।

ठकुरी राजधानी दैनिक, नागरिक दैनिक, शिलापत्र, कनठमाडाैँ पाेस्टलगायतका पत्रपत्रिकामा आबद्ध थिए । हाल उनी शिक्षण पेसामा आबद्ध छन् । उनका दर्जनाैँ नियात्रा, कविता र बालकथाहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् ।