प्रयोगकर्ता:दोङ कृष्ण बहादुर तामाङ/प्रयोगस्थल

नेपालको मूलबासी समुदाय

सम्पादन गर्नुहोस्

मूलबासी भन्नाले : क, माथि उल्लेखित भएका बुँदाहरुका अतिरिक्त कुनै विशेष क्षेत्रमा ऐतिहासिक रुपले निरन्तर बसोवास गरिरहेका वा अरु समुहहरुले त्यस ठाउँमा अतिक्रमण गर्नुभन्दा वा वर्तमान राज्यको सिमा बन्नुभन्दा पहिलेदेखि बसोवास गरिरहेका समुदाय आदिवासी हुन् । जो, आफ्नै सामाजिक, आर्थिक, साँस्कृतिक र राजनैतिक संस्थाहरुद्धारा परिचालित छ्न् । यसवारे आइ एल ओ १६९ को निर्देशिकाले अझ प्रष्ट गर्दै भनेको छः १, ऐतिहासिक निरन्तरता (आधुनिक राज्य बन्नु अघिको) २. भौगोलिक सम्बद्धता, जहाँ उनका पूर्खाहरु रहेका थिए । र, ३, भिन्न सामाजिक, आर्थिक, साँस्कृतिक एवं राजनैतिक संस्थाहरु । माथिको विश्लेषणबाट मूलबासी हुनका लागि ३ तत्व अनिवार्य आवश्यक हुन्छ : क, विद्यमान राष्टिय समुदाय (नेपालमा राष्टिय समुदाय भनेको क्षेत्री, ठकुरी र बाहुन समुदाय नै हुन्) को भन्दा भिन्न भाषा, संस्कृति, लिखित अलिखित इतिहास र परम्परागत जीवनपद्दति हुनु अनिवार्य छ । ख, त्यस्तो समुदायको ऐतिहासिक थाकथलो भएको हुनु र सो आधुनिक राज्य निर्माण हुने क्रममा अतिक्रमित भएको हुनु अनिवार्य छ । ग, वर्तमान अवस्थामा राज्यको मुलधारभन्दा बाहिर रहेको र उत्पीडन र बहिस्करणमा परेर सिमान्तकृत समुदायको अवस्था भोगिरहेको हुनु अनिवार्य छ ।