प्रयोगकर्ता:दिपेन्द्र"अश्रुमाली"/प्रयोगस्थल
साहित्य र समाजको निकटतम सम्बन्ध हुन्छ । साहित्यले प्रत्यक्ष वा अप्रत्यक्ष कुनै पनि ढंगबाट समाजमा आफ्नो प्रभावलाई गतिशिल बनाइरहेको हुन्छ । नेपाली साहित्यमा प्रचलित थुपै्र विधाहरु मध्ये केहि वर्ष यता हाइकु खरो देखिएको छ । हाइकु कविताको शुरुवात जापानमा भएको हो । अनौठो किसिमको शास्त्रिय संरचना ५-७-५ मा बाँधिएर लेखिनु पर्ने भएकोले पनि हाइकुको महत्व दिन प्रति दिन बढदै गैरहेको छ । हाइकु विश्व व्यापी बन्दै गएको छ ।
अहिले नेपाली हाइकु साहित्यमा प्रशस्त कविहरु जन्मिएका छन । कति कविहरु हाइकु बारे राम्ररी बुझेर लागेका छन भने कति बुझ्दै नबुझिकन । हाइकुको मर्म र गहिराइ नबुझिकन कलम चलाउँदैमा हाइकु कवि बन्न सकिदैन । जीवन्त र अजर हाइकु लेख्न सके मात्र सफल हाइकु कवि बन्न सकिन्छ । नेपाली हाइकुको लहरलाई एक जना जापानी मित्रले बेमौसमी आँधी भनेर प्रतिकि्रया दिएका छन । सम्भवतः नेपाली साहित्यमा हाइकु लेखनमा चलेको बाढी तर्फ इंगित गरेको हुनुपर्छ उनले । जापानीहरु हाइकु प्रति निकै सचेत हुन्छन र उत्तिकै चनाखो पनि । प्रकृतिसँग निकट रहि हाइकु लेख्ने जापानी परम्परा भए पनि नेपालमा अझै त्यसको जग मौलाउन सकेको छैन । हामीसँग प्रशस्त प्राकृतिक बिम्ब र प्रतिक भए पनि त्यसलाई सहि ढंगले सदुपयोग गर्न सकेका छैनौं । नेपाली साहित्यको इतिहास सयौं वर्ष पुरानो छ तर हाइकुको इतिहास तुलनात्मक रुपमा अत्यन्त कम छ । कालखण्डको हिसाबमा हाइकुको उपस्थिति र यसको सफलता बास्तवमै सह्रनिय देखिन्छ । तर पनि सिंगो नेपाली साहित्यमा थोरै मात्र ईटा थप्ने काम भएको छ - हाइकुको क्षेत्रमा ।
सत्र अक्षरीय संरचना भित्र प्राकृतिक बिम्व मौसम सूचक शब्द अर्थात प्राकृतिक किगो को कुशलता पूर्ण प्रयोगमा हाइकुको आत्मा अडिन्छ । जापानी मौसममा ४ वटा ऋतुहरु हुन्छन भने नेपालीमा ६ वटा । यसबाट पनि हामी प्रष्ट हुन सक्छौं की नेपाली हाइकु लेखनका निम्ति प्राकृतिक किगोको खोजीमा खासै जटिलता आँउदैन । शिशिरमा फुरुरु हिउँ परे देखि टन्टलापुर घाम चर्केको बेला खडेरीले धर्ति चिरा परे देखि मुसलधारे पानी पर्दाको बेला अनि रुखका पात झरेर उजाड भए देखि पालुवा पलाएर झपक्क हरियाली भएको बेला लगायत रात-दिन साँझ-बिहान मिर्मिरे आदीलाई हाइकुमा सजाएर मिठासता थप्न सकिन्छ । तर पनि नेपाली हाइकुमा यात्रा र प्राकृतिक रङ्घको प्रयोग गर्ने प्रचलन अत्यन्त कम छ । जेन पन्थीहरुमा ध्यान गरेर हाइकु लेख्ने परिपाटी भएपनि नेपाली हाइकु लेखनमा अलिअलि मात्र एकाग्रताको छनक भेटिन्छ । नेपालमा हाइकुको सम्भावना विशाल छ । भविष्य राम्रो आँकलन गर्न सकिन्छ ।
सन १८९९ मा जापानी भिक्षु इकाइ कावागुची नेपाल आएका थिए । नेपाल आउने पहिलो जापानी नागरीक सम्भवतः उनै हुन । त्यसै गरि सन १९०२ मा पहिलो पटक नेपाली विद्यार्थीहरुको टोली अध्ययनका लागि जापान गएका थिए । यस पछिका समयमा दुई देश बीच राष्ट्रिय सम्बन्ध प्रगाढ बन्दै गयो । यद्यपि साहित्यिक नाता जोडिन धेरै समय पर्खिन प्यो ।
नेपाली साहित्यमा हाइकु भित्रिएको झण्डै पाँच दशक बितिसकेको छ । हालसम्म प्राप्त तथ्यहरुलाई आधार मान्ने हो भने शंकर लामीछाने नै नेपालका प्रथम हाइकु कवि हुन । नेपालमा हाइकु भित्राउने र जापानी हाइकुलाई नेपाली भाषामा अनुवाद गर्ने श्रेय उनलाई जान्छ । निबन्धकारका रुपमा बिशेष चिनिएका कवि लामीछानेद्वारा लिखित पहिलो नेपाली हाइकु ।
सूर्योदय जापानी 'हाइकु'- शैलिमा एक प्रयोग माकुरा जाल झोल्लिएको ओसले तन्किंदै गयो । रुपरेखा २०१९ भदौ पृष्ठ ३४
सन १९६१ को फेब्रुअरी ११ तारीखमा डेढ महिनाको लागि जापान गएका लामीछाने त्यताबाट फर्के लगत्तै हाइकु लेखेका हुन । यसै गरि बि।सं। २०२३ सालमा प्रकाशित पारिजातको उपन्यास 'शिरीषको फूल' को अग्रभागमा एउटा बेनामी हाइकु रहेको छ । यस हाइकुको रचनाकारका सम्बन्धमा रहको विवाद कायमै छ । उक्त हाइकु सो कृतिका भूमिका लेखक शंकर लामीछानेले लेखेका हुन वा कृतिकार पारिजात स्वयंले लेखेकी हुन भन्ने कुरामा नेपाली साहित्यमा विभिन्न अडकलबाजी गर्ने क्रम जारी छ ।
शिरीष फूल भ्रमर चुम्बन मै ओइली झर्छ । शिरीषको फूल २०२२
संघर्ष र अस्तित्वबोध हाइकुको गाम्भीर्यता त्यसको बुझाइमा भर पर्छ । झट्ट हेर्दा हाइकु सरल जस्तो देखिए पनि अन्तरमनबाट गहिरिने हो भने यसको महत्व र गहनताको अनुभूतिमा सारा सृष्टि जगत फेला पार्न सकिन्छ । शाब्दिक भिड जम्मा गरेर मात्रै हाइकुको मर्म खििचंदैन । यसमा त गुणात्मकताको गच्छा हुनुपर्छ । असल गुदी युक्त हाइकुले चाँडै नै जनजिब्रोमा बास पाउन सक्छ । यद्यपि हाइकु लेखनका लागि साधनाको आवश्यकता पर्छ । बिना साधना कोठे हाइकु लेखनले प्रभावपूर्ण र स्मरणीय हाइकु नबन्न पनि सक्छ । बिभिन्न कला र संस्कृतिले धनि नेपाली समाजका थुप्रै बिम्बहरु हाइकु लेखनका लािग आज पनि उत्तिकै सान्दर्भिक र मननयोग्य छन ।
नेपाली साहित्यमा शंकर लामीछाने नविन प्रयोग पश्चात बिस्तारै हाइकुको बतास चल्न थाल्यो । जसको प्रभाव हामी भूपि शेरचनको 'घुम्ने मेचमाथि अन्धो मान्छे' २०२६ मा फेला पार्न सक्छौं । म एक श्रम एक उत्पादन र एक व्याला हुँ
वि सं २०१९ सालमा हाइकु लेखनका क्षेत्रमा हात हालेका निबन्धकार शंकर लामीछाने आफ्ना हातहरु त्यत्तिकै बाँधेर बसेनन । हाइकु सम्राट माचुओ वाशो १६४४-१६९४ कवि वुशोन १७१७-१७८४ र मासाओका शिकी १८६७-१९०२ का केही हाइकुहरु नेपालीमा अनुबाद सहित वि सं २०२७ असोजको रुपरेखा पेज २९ र ३० मा 'जापानी हाइकु कविता' शीर्षकको लेख प्रकाशित गरे । यस लेखको कारणले धेरै नेपाली साहित्य अनुरागीहरुले जापानी हाइकु कविताको बारेमा धेरै कुरा सिक्ने अवसर पाए । यति मात्र नै पर्याप्त रहेन । वि सं २०२० र ३० को दशकमा तत्कालिन केही प्रतिष्ठित पत्रिकाहरु रुपरेखा गरिमा तथा मधुपर्कमा प्रकाशित केही लेख रचनाका माध्यमबाट पनि धेरै श्रष्टाहरुले हाइकु साहित्यमा पाइला टेक्ने अवसर पाए । केदार मान व्यथितको बदलिएको बादलको आकृति र रमेश खनालको उपेक्षित पक्षहरुलाई जीवनको एक सम्झौता २०३८ तत्कालिन हाइकु शैलिका चर्चित पुस्तकहरु हुन । कवि खनालले आफ्नो पुस्तकमा हाइगाको कुशलता पूर्वक प्रयोग गरेका छन । हाइकु र चित्रलाई सँगसँगै दर्शाउने कला हाइगाको प्रयोग गर्ने पहिलो नेपाली कवि मानिन्छन यिनी । पेशाले सरकारी जागिरे कवि खनालको उदगम स्थल पूर्वि नेपालको सुनसरी हो । 'हाइकुका स्रष्टा महाकवि वाशोमा समर्पण' गरिएको यस कृति भित्र २२ वटा भावनाहरु सजाइएको छ जस्का छुट्टाछुट्टै कलात्मक अभिव्यक्ति छन । इश्वर वल्लभले भूमिका मन्तव्य लेख्नु भएको यस कृति नेपाली हाइकु साहित्यको विकासका लागि कोशेढुङ्घा साबित भएको छ ।
वि सं २०४० साल भन्दा अगाडी र केही वर्ष पछीसम्म्ा पनि हाइकु संरचना केही खलबलिएको भान हुन्छ । शास्त्रिय मान्यता र संरचना भन्दा पनि भावना र अभिव्यक्तिको सूक्ष्म माध्यमको रुपमा हाइकु शैलिका कविताहरु निकै लोकपि्रय भएका थिए । कविहरु जापानी हाइकु सिद्धान्त भन्दा नेपाली व्यवहारीक अभिव्यक्तिमा भुल्न थाले रमाउन थाले अनि झनै हाइकुको शास्त्रिय संरचना १७ अक्षर ले निश्चित जग बसाउन सकेन । हाइकुमा रुचि राख्ने नयाँ पुस्ता पनि अलमलमा परेको पाइयो । यस्तो अवस्थामा अग्रजहरुले सहि बाटो सिकाउन नसकेका पो हुन कि नवपुस्ताले बाटो हिडन नजानेका पो हुन कि ठूला-ठूला गोष्ठि र भेला भन्दा पनि कोठे छलफल र बाचन मै सिमित भए तत्कालिन कविहरु । त्यति बेला हाइकु शैलिमा रम्ने कविहरुमा डा। राम दयाल राकेश भीम उदास रमेश खनाल विश्व विमोहन श्रेष्ठ विजय वजिमय विनोद गौचन केदारमान व्यथित आदि प्रमुख हुन । हाइकु लेखन शैलिलाई पछयाएर छापिने कविताहरु किहं सिधै हाइकु भनेर छापिए भने किहं तिन हरफे कविता त कतै जापानी शैलिका कविता भनेर छापिएको पाइयो । आखिर जुन नाम दिए पनि नेपाली हाइकुले छलाङ्घ मार्दै गयो ।
हाइकु विकासमा तिब्रता व्यवहारात्मक ज्ञान र जीवन परीवर्तनको हरेक मोडमा नेपाली हाइकुको आवश्यकता र नेपाली मनमा लाग्ने घत अग्रणि छ । नेपाली ग्रामिण परिवेश देखि शहरीया जीवन सम्मका उतार चढावहरुलाई शाश्वत रुपमा प्रस्तुत गर्न नेपाली हाइकु पूर्ण मानिन्छ । नेपाली हाइकु साहित्यको संघर्षपूर्ण अवस्थामा समेत हाइकु शैलि प्रयोगमा ल्याएका विभिन्न कविहरुले खोज र अध्ययन पश्चात आफुलाई परिमार्जित गर्दै लान थाले । जसबाट नेपाली हाइकुमा समेत जापानी विधि संरचना र संस्कारको प्रष्ट गन्ध भेटिन थाल्यो ।
हाइकु बारे जान्न र बुझ्न खोज्ने जमात जुर्मुराइरहेको बेला साझा प्रकाशनबाट जापानी हाइकुः हिजो र आज २०४४ अनु-डा अभि सुवेदी सं। माधवलाल कर्माचार्य पुस्तक प्रकाशन भएपछि यसले धेरैको कोतुहलता मेटायो । हाइकुका बारेमा धेरैलाई धेरैकुरा जान्ने अवसर मिल्यो हाइकु लेख्ने जमात त बढयो तर यस पुस्तकले शास्त्रिय मान्यता र संरचनागत अवस्था ५-७-५ लाई हु-बहु पस्कन सकेन । डा। सुवेदीको अनुवादले नेपाली हाइकुको क्षेत्रमा ठूलो क्रान्ति ल्याइदियो । पूर्ण रुपमा हाइकुमा केन्द्रित पुस्तक प्रकाशित हुनु तत्कालिन समयको हकमा एकदमै सफलताको कडि मान्न सकिन्छ ।
यस पछि डा। राम दयाल राकेशले २०४५ सालमा गरिमा मासिकमा 'हाइकु परम्परा र प्रयोग' शीर्षकको लेख प्रकाशित गरे । साथमा क्षेत्रप्रताप अधिकारीको नवरत्न २०४९ हिम जून फूल २०५१ र जापानी साहित्यको इतिहास २०५५ तथा गोविन्द गिरी प्रेरणाको जापानी साहित्यको संक्षिप्त झलक २०५७ प्रकाशित भए । यि पुस्तकहरुमा हाइकु ज्ञान समाविष्ट हुनु पनि नेपाली साहित्यको निम्ति सुखद रह्यो । यस समयमा माधवलाल कर्माचार्यले पनि सकि्रयता देखाए । हाइकुले फडको मार्ने क्रम चलिरहँदा सैद्धान्तिक धारणा र शास्त्रिय मान्यतालाई पछयाउँदै हाइकु विद प्रा। राम कुमार पाँडेको विभिन्न लेख रचना समालोचना तथा भूमिकाहरु बाहिर आए । यसबाट हाइकुको दह्रो जग बस्यो ।
हाइकु इतरका विषयमा लामो समय सकि्रय रहेका पाको उमेर भइसकेका कवि तथा कवयित्रिहरु समेत हाइकु लेखनमा फराल्न थाले । यसबाट थप उत्साह थपियो । रत्न शमशेर थापा पुष्कर लोहनी चन्द्रकला शाह डा। बम बहादुर जिताली विष्णु बहादुर सिंह लाल बहादुर भुजेल दिव्य गिरी लगायतका साहित्यकारहरु साबिकको विधाका अतिरिक्त हाइकुमा समेत कलम चलाउने प्रमुख अनुहारहरु हुन । हाइकु संग्रहहरु प्रकाशनको क्षेत्रमा ठूलो बाढी चल्यो । राष्ट्रिय स्तरमा प्रतिष्ठित र जिल्लास्तरमा चर्चित जुन सुकै पत्रिकाहरुले पनि हाइकुलाई महत्वपूर्ण स्थान दिन थाले । साँच्चै भन्ने हो भने त ६० को दशकको आरम्भबाट नेपाली हाइकु साहित्यले ठूलो फडको मार्न थालेको हो । जुन अहिले तिब्र गतिमा छ ।
हाइकु गोष्ठि र पत्रिका प्रकाशन वि सं २०६० साल पुष ५ गते नेपाली साहित्यिक इतिहासमा नै सम्भवतः पहिलो हाइकु गोष्ठिको आयोजना भयो । यद्यपि हाइकु इतरका साहित्यिक कार्युत्रमहरुमा यस अघि नै हाइकु बारे सामान्य चर्चा नचलेका भने होइनन तर औपचारीक रुपमा पूर्ण हाइकु गोष्ठिको आयेजना गरीएको यो नै पहिलो पटक हो । नेपाल निप्पन रिसर्च सेन्टर र तत्कालिन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान हालः नेपाल प्रज्ञा प्रतिष्ठान को संयुक्त आयोजनामा काठमाडौंको हाँडी गाँउमा सो गोष्ठि सम्पन्न भएको थियो । सेन्टरका महासचिव प्रा। राम कुमार पाँडेको सभापतित्वमा सम्पन्न यस कार्यक्रममा प्रा।पाँडे स्वयंले हाइकु सम्बन्धि कार्यपत्र पनि पेश गर्नु भएको थियो । वहाँकै सम्पादनमा नेपाली हाइकु पत्रिकाको प्रकाशन आरम्भ समेत भएको थियो ।
हाइकु संग्रहहरुको वृहत विमोचन वि सं २०६२ साल पुष २१ गतेका दिन नेपाली हाइकु साहित्यका निम्ति एक महत्वपूर्ण दिन बन्यो । नेपाल निप्पन रिसर्च सेन्टर हाइकु विधा समितिको आयोजनामा राजधानीको प्रज्ञा भवनमा ५ वटा हाइकु सँग्रहहरुको एकैसाथ विमोचन गरिएको थियो । विमोचित कृतिहरुमा प्रकाश पौडेल 'माइला' चितवन को पर्दाफास विष्णु बहादुर सिंह अर्घाखाँची को मौन बतास चन्द्रकला शाह दाङ को आँधि आएर अंजना पौडेल लमजुङ को हिउँखस्ने पर्वत र विपि सेढाई प्यूठान को भावनाका थुँंगाहरु हुन । जनकवि केशरी धर्मराज थापाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका तत्कालिन उपकुलपति डा। वासुदेव त्रिपाठी हुनुहुन्थ्यो । हाइकुमा रुचिबद्ध युवा कविहरुको उत्साह पूर्ण उपस्थिति थियो त्यस कार्यक्रममा । सेन्टरका महासचिव प्रा। राम कुमार पाँडेले हाइकु सम्बन्धि कार्यपत्रसमेत प्रस्तुत गर्नु भएको थियो । एउटै कार्यक्रममा यति धेरै हाइकु सँग्रहहरुको विमोचन भएको हाल सम्मकै इतिहासमा उदाहरणीय बनेको छ ।
राष्ट्रिय हाइकु महोत्सव २०६२ को आयोजना वि सं २०६२ साल फाल्गुन १३ गते नेपाल निप्पन रिसर्च सेन्टर र नेपाल प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा राजधानीमा राष्ट्रिय हाइकु महोत्सव २०६२ को आयोजना भयो । अन्धगल्छी हाइकु संकलनको विमोचन प्रा। राम कुमार पाँडेद्वारा कार्यपत्र प्रस्तुत १७ जना कविहरुद्वारा २÷२ वटा हाइकु वाचन आयोजक समितिको सदस्यँसचिवको नाताले प्रकाश पौडेल 'माइला' द्वारा समग्र नेपाली हाइकु क्षेत्रको समीक्षा गरिएको उक्त कार्यक्रममा हाइकु पुस्तक प्रदर्शनी समेत गरिएको थियो । नेपाल स्थित जापानी राजदुतावासका द्वितीय सचिव दाइजी सासाइको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । सेन्टर र प्रज्ञाको संयुक्त आयोजना रहेको उक्त हाइकु महोत्सवको मूल आयोजक समितिमा प्रा। राम कुमार पाँडे ँ अध्यक्ष प्राज्ञ भुवन दुंगाना ँ संयोजक प्रकाश पौडेल 'माइला' सदस्य सचिव तथा सदस्यहरुमा मायामितु न्यौपाने र श्याम रिमाल हुनुहुन्थ्यो । नेपाली साहित्यिक इतिहासमा यो नै प्रथम राष्ट्रिय हाइकु महोत्सव हो ।
महोत्सवमा विमोचित अन्धगल्छी हाइकु संकलन २०६२ स्थलगत हाइकु रचनाबाट सिर्जित कृति हो । जापानमा यात्रा गरेर हाइकु लेख्ने संस्कार भए पनि नेपाली हाइकुको क्षेत्रमा त्यसको थालनी मात्र हुन सकेको छ । यात्रा पश्चात लेखिने हाइकुमा उच्च क्षमता रहन्छ । वि सं २०६२ साल कार्तिक २६ गते हरिबोधनी एकादशीको दिनमा जावलाखेल स्थित प्रा। रामकुमार पाँडेको बँगैचा भित्र गरिएको स्थलगत हाइकु रचना कार्यक्रम यात्रा हाइकुको प्रारम्भ मात्र हो । १७ जना हाइकु कविहरु उपस्थित भएको सो कार्यक्रममा एक घण्टाको समयावधि भित्र पृष्ठभूमि सहित चारँचार वटा हाइकु लेख्नका निम्ति समय दिइएको थियो । सोही कार्यक्रमा रचित हाइकुहरुको संकलन नै अन्धगल्छी हाइकु संकलन हो । द साकुरा फाउन्डेसनले प्रकाशनमा ल्याएको अन्धगल्छी हाइकु संकलनको प्रधान सम्पादक प्रा राम कुमार पाँडे तथा प्रबन्ध सम्पादक प्रकाश पौडेल 'माइला' हुनुहुन्छ । यसरी नेपाली हाइकुको क्षेत्रमा कृतिहरु प्रकाशित हुने क्रम दिन प्रति दिन बढदो छ । समय समय मा हाइकु गोष्ठि छलफल र वाचन कार्यक्रमहरु हुने गरेका छन । जसबाट निखारता आउँदै गएको छ । प्रतिष्ठित साहित्यकारहरुको ध्यान पनि खिचेको छ हाइकुले । यसैले गर्दा पनि नेपाली हाइकुको भविष्य प्रति उज्यालो अनुमान लगाउन सकिन्छ । भोलिका दिनमा नेपाली हाइकु पनि झाँगिदै गएर जापानी उचाइ नछोला भन्न सकिन्न । जाँदा जाँदै
हाइकु मन्त्र
यस पालीको
जाडो विदाले साँच्चै
गर्मि बनायो ।
मोती खोज्दैमा
कालखण्ड बितेछ
बगैंचा भित्र ।
साँझको बेला
निरस फूलहरु
भुईमा झरे ।
रुपकी धनी
तिम्रो जन्मदिनमा
साकुरा फूल्छ ।
साकुरा हेर्दै
तिमीलाई सम्झिएँ
तौलन खोज्छु ।
निन्द्रा लाग्दैन
ड्ढयालबाट बाहिर
चन्द्रमा हेर्छु ।