प्रतिफल वैध करारको लागि एक अत्यावश्यकीय तत्त्व हो । कानुनी अर्थमा प्रतिफलले एउटा पक्षले प्राप्त गरेको अधिकार , हक, लाभ वा फाइदा वा अर्को पक्षले व्यहोर्नु पर्ने नोक्सान , दायित्व वा पूरा गर्नु पर्ने कर्तव्यलाई जनाउँदछ । [१] प्रतिफल कानुनि नजरमा मूल्यवान हुन्छ र यो वादी पक्षको लागि केहि फाइदा हुन सक्दछ भने प्रतिवादी पक्षको लागि केहि हानि हुन सक्छ ।[२] प्रतिफल भन्नाले प्रस्ताव उल्लेखित काम गरिदिए वा नगरी दिएबापत कुनै काम गरी दिने वा नगरी दिने गरी गरेको कबुल सम्झनु पर्दछ । [३]

विशेषता सम्पादन गर्नुहोस्

  1. प्रतिफलले कानुनी नजरमा केहि मूल्य राख्दछ ।
  2. यो केहि काम गर्ने वा नगर्ने सम्बन्धि प्रतिज्ञा हो ।
  3. यो प्रतिज्ञाकर्ताको लागि फाइदा वा लाभ हो भने स्वीकृतिकर्ताको लागि हानी वा घाटा हो ।
  4. स्वीकृतिकर्ता को हानी वा घाटा प्रतिज्ञकर्ताको लागि राम्रो प्रतिफल हो ।
  5. यो स्पष्ट रूपमा प्रतिज्ञाको बदलामा नै दिएको हुनु पर्दछ ।
  6. यो कुनै सर्तको परिपालना होइन ।
  7. यो प्रतिज्ञाकर्ताको इच्छा बमोजिम प्रदान गरिने वा दिइएको प्रतिज्ञा हो ।

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. 1875 L.R. 10 Ex 153;@ P.162
  2. Thomas V. Thomas [1842] 2 Q.B. 851
  3. करार ऐन ,२०५६ दफा २ खण्ड (घ)