प्राणायामः सम्पादन गर्नुहोस्

आसनको सिद्धि भएपछि श्वास–प्रश्वासको गतिलाई रोक्नु, लामो गर्नु वा नियन्त्रण गर्नु प्राणायाम हो । यो बाह्यवृत्ति, आभ्यन्तरवृत्ति, स्तम्भवृत्ति र बाह्यआभ्यन्तरविषयाक्षेपी गरी चार प्रकारको हुन्छ एवं स्थान, समय र संख्याबाट देखिन्छ जुन लामो तथा हल्का हुन्छ । प्राणायामको अभ्यास गर्दा स्वासको गतिलाई लामो पार्ने, रोक्ने तथा नाक, मुखबाट विभिन्न तरिकाहरुबाट स्वाससम्बन्धी विशेष अभ्यासहरु गरिन्छ र कतिपय अभ्यासको क्रममा स्वतः पनि हुन जान्छ ।

विभिन्न शोधहरुको आधारमा प्राणायामको अभ्यास गरेपछि अनगिन्ति लाभहरु प्राप्त हुने देखिएको छ, जस्तैः

  1. फोक्सोलाई बलियो बनाउने र
  2. श्वासप्रश्वास प्रणालीका रोग कम गर्ने,
  3. मुटु र रक्तनलिलाई विशेष लाभ दिने,
  4. तौल घटाउने,
  5. अन्तःस्रावीरोग,
  6. मधुमेह,
  7. मृगौलारोग,
  8. मनोरोग आदिमा लाभ मिल्ने,
  9. एकाग्रता र स्मरणशक्ति,
  10. सोच्ने–निर्णयक्षमता, मनोशारीरिक नियन्त्रणक्षमतामा वृद्धि हुने
  11. तनाव, चिन्ता, डर, डिप्रेशन आदि मनोरोगहरुमा पनि प्राणायामको अभ्यास उपयोगीपाइएको छ ।

हठयोग प्रदीपिकाका अनुसार प्राणायामका आठ विधिहरु छन्, सम्पादन गर्नुहोस्

  1. सूर्यभेदन,
  2. उज्जायी,
  3. सीत्कारी,
  4. शीतली,
  5. भस्त्रिका,
  6. भ्रामरी,
  7. मूच्र्छा,
  8. प्लाविनी ।

यसरी नै महर्षि घेरण्डका अनुसार पनि आठ प्राणायामहरु छन्, सम्पादन गर्नुहोस्

  1. सहितः,
  2. सूर्यभेदन,
  3. उज्जायी,
  4. शीतली,
  5. भस्त्रिका,
  6. भ्रामरी,
  7. मूच्र्छा,
  8. केवली ।

यी बाहेक अन्य विभिन्न प्रचलित प्राणायामहरु पनि छन् सम्पादन गर्नुहोस्

  1. अनुलोमविलोम एवं नाडीशोधन,
  2. सर्वाङ्क,
  3. चन्द्रभेदी आदि ।