प्रकृतवाद

साहित्यिक आन्दोलन

प्रकृतवाद यथार्थवादको एक विकशित स्वरप वा शाखा हो । यसलाई अङ्ग्रेजीमा नेच्युर्यालिज्म (Naturalism ) भनिन्छ । यो ल्याटिन भाषाको (Naturalis ) शब्दबाट विकसित भर्इ अङ्ग्रेजीमा प्रयुक्त शब्द हो । [१]

परिचयसम्पादन

प्रकृतवाद यथार्थवादको एक विकसित शाखाका रूपमा रहेको वाद हो । यसलाई अङ्ग्रेजीमा नेचुर्यालिज्म भनिन्छ । यसको मूल स्रोत ल्यटिनको नाचुरालिस हो । यस वादको प्रारम्भ उन्नाइसौँ शताब्दीको उत्तराद्र्धमा भएको मानिए तापनि यसका प्रमुख प्रवर्तक एवं उन्नायक चाहिं एमिलजोला नै मानिएका छन् । त्यसपछि फ्रान्सका मोपासाँ यस वादका उत्कृष्ट अनुयायीका रूपमा रहेका देखिन्छन् । डार्विनको विकाशवादबाट पनि यो वाद प्रभावित देखिएको छ ।

प्रमुख मान्यताहरूसम्पादन

  • प्रकृतिको बाह्य यथार्थको चित्रण नगरी मनुष्यको इन्द्रियजन्य प्रवृत्तिहरूको चित्रण गर्नु,
  • अन्य प्राणीसरह मानिस पनि आहार, निद्रा , भय, मैथुन आदिबाट सञ्चालित छ भन्ने मान्नु,
  • जीवनको नग्न प्रवृत्ति को चित्रण् गर्नु,
  • मानवका आदर्श र आध्यात्मिक पक्षको परित्याग गर्नु ।

नेपाली साहित्यमा यसको प्रयोगसम्पादन

नेपाली साहित्यमा यसको सामान्य मात्र प्रभाव परेको देखिन्छ । खासगरी लैनसिंह बाङदेल, गोविन्द गोठाले, भवानी भिक्षु, विजय मल्ल, विश्वेश्वर प्रसाद कोइराला आदिका उपन्यास तथा बालकृष्ण सम र गोपालप्रसाद रिमालका नाटकहरूमा यसको आंशिक प्रभाव परेको पाइन्छ ।

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. जोशी, डा.कुमारबहादुर (ते.सं. २०५४), पाश्चात्य साहित्यका प्रमुख वाद, काठमाडौं : साझा प्रकाशन

बाह्य कडीहरूसम्पादन

यो पनि हेर्नुहोस्सम्पादन