प्रकाशको स्रोतबाट आएका समानान्तर प्रकाशका किरणहरू कुनैपनि बस्तुको समतल सतहमा परि फर्किएर जाने कृयालाई प्रकाशको परावर्तन भनिन्छ । सूर्यबाट आएको प्रकाश ऐनामा परि फर्किनु प्रकाश परावर्तन हुनु हो । प्रकाशको परावर्तन २ किसिमबाट हुने गर्दछ :

  1. नियमित परावर्तन - चिल्लो सतह भएका बस्तुहरूले गर्ने परावर्तन प्रकाशको नियमित परावर्तन हो । जस्तै: ऐना, सिसाबाट हुने परावर्तन ।
  2. अनियमित परावर्तन - खस्रो सतह भएका बस्तुहरूले गर्ने परावर्तन प्रकाशको अनियमित परावर्तन हो । जस्तै: फुटेको ऐना, टुक्रिएको काँचबाट हुने परावर्तन ।
ऐनाको सतहमा हुने प्रकाश परावर्तन