दाङ जिल्लामा अवस्थित झरनाहरु मध्ये यो पुरन्धारा झरना ऐतिहासिक रुपमा नै महत्वपूर्ण ठानीएको झरना हो। यो झरना पुरन्धारा गा.बि.स. (पहिले बाघमारे) अन्तर्गत मथुरेकोट नजीकै अवस्थित छ।यसको उचाइ लगभग १०० फिट  जति रहेको छ । यस झरनाबाट बगेको पानी जम्मा भई एउटा सानो पोखरी बनेको छ, जुन पानी अन्तिममा बबई नदीमा मिसिन्छ ।

बिशेष गरेर यो झरना पर्यटनको दृष्टिकोणबाट अति नै आकर्षक देखिन्छ । पर्यटक दाङ आइपुग्दा पुरन्धारा झरनाको दृश्यावलोकन गर्दा रमाइलो मान्ने गरेका छन् । यसको आधारस्तम्भ वरिपरिको क्षेत्रलाई यहाँका वासिन्दाहरु, कर्मचारीहरु र पर्यटकहरु बनभोजको रुपमा प्रयोग गरी आनन्द लिइरहेका देखिन्छन्।

यो झरनाभित्र शिवजीको जटा रहेको र सो जटाबाट नै झरनाको पानी बगिरहेको किम्बदन्ती पनि प्रचलित छ।

पुरन्धारा झरना