बाल्यकाल सम्पादन गर्नुहोस्

पहलमानसिंहको जन्म वि सं १९३५ साम मंसिर ६ गते बुधबार अछाम जिल्लाको रिडीकोटमा भएको थियो। उनी कप्तान लक्ष्मीसिंह स्वार र माइली कजिनी डिकुरादेवी स्वारका सातौँ छोरा थिए । त्यसबेला उनका बुबा लक्ष्मीसिंह त्यसै जिल्लाका बडाहाकिम थिए । यिनका बाबुलाई जागिरका क्रममा सर्वस्व हरण भएपछी भारतको सिंगाहीमा बस्न थाले ।
उनी तिक्ष्ण दिमागका थिए र पढ्न मन गर्थे। तर त्यतिबेला अछाममा विद्यालयहरू थिएनन्।उनले घरमै संस्कृत र नेपाली भाषाका पुस्तक ढेर अनौपचारिक शिक्षा लिए। पछि हिन्दी र अङ्ग्रेजीको पनि अध्ययन गरे।

कृतिहरू सम्पादन गर्नुहोस्

अटलबहादुर नाटकबाट निकै चर्चा पाए पनि यिनका अनेकौँ कृति प्रकाशित पाइन्छन् । छब्बिसभन्दा ज्यादा पुस्तक. यिनले रचना गरेका छन् ।[१]

मृत्यु सम्पादन गर्नुहोस्

पहलमानसिंहको निधन अनेकौँ दु:ख पाएर ५६ वर्षको उमेरमा १९९१ साल जेठ ७गते आइतबार कैलाली जिल्लाको पहलमानपुरमा भयो।

शन्दर्भ सम्पादन गर्नुहोस्

  • पच्चीस प्रतिभा , गोपाल पराजुली , रत्न प्रकाशन
  1. वैजयन्ती वर्ष ६ पूर्नांक २९ वेब्याक मेसिन अभिलेखिकरण २०१९-०३-२५ मिति