परिष्कारवाद (अङ्ग्रेजी: Classicism) को नेपाली रूपान्तर हो । परिष्कारवाद शास्त्रप्रधान वाद भएको हुनाले यसलाई शास्त्रीयतावाद पनि भनिन्छ ।

Jacques-Louis David, Oath of the Horatii, 1784, an icon of Neoclassicism in painting

क्लासिकल वा परिष्कारवादी धाराको ऐतिहासिक सन्दर्भलाई खोज्दै जाँदा इसापूर्व दोस्रो शताब्दीसम्म पुग्न सकिन्छ । [] यसको अर्को नाम शास्त्रीयतावाद पनि हो । अङ्ग्रेजीमा यसलाई क्लासिसिज्म भनिन्छ । क्लासिकल शब्दको सर्वप्रथम प्रयोग ल्याटिन भाषाका लेखक कोर्नोलियस फ्रोनोले गरेको पाइन्छ । यस वादका प्रवर्तक होरेसलाई मानिएको छ । उनी इस्वीको पहिलो शताब्दीका हुन् । त्यसबेला अभिजात वर्गका निम्ति लेखिने साहित्यलाई परिष्कारवादी साहित्य भनिएको पाइन्छ । पछि आएर सहज, स्पष्ट,सुव्यवस्थित, अनुशासित, बौद्धिक, संयमित, नियन्त्रित आदि गुण वा विशेषता पाइने कृतिलाई परिष्कारवादी साहित्य भन्ने गरेको देखिन्छ । []

प्रमुख मान्यताहरू

सम्पादन गर्नुहोस्
  • प्रयासपूर्ण एवं तर्कपूर्ण सिर्जना,
  • अनुकरणात्मकता,
  • वस्तुपरकता,
  • संयमित एवं व्यवस्थिति भावको अभिव्यक्ति,
  • सार्वभौमिकता अर्थात् सबैलाई मान्य हुने कृति,
  • तर्कपूर्ण प्रस्तुति,
  • परम्पराको अनुकरण ।

नेपाली साहित्यमा तिनको प्रयोग

सम्पादन गर्नुहोस्

नेपाली साहित्यका सर्वप्रथम परिष्कारवादी कवि भानुभक्त आचार्य हुन् । उनको रामायणमा परम्परागत छन्द एवं शिल्पशैलीको प्रयोग भएको छ । भानुभक्तपछि लेखनाथ पौड्याल, सोमनाथ सिग्द्याल, बालकृष्ण सम परिष्कारवादका अग्रज मानिएका छन् । वर्तमान समयसम्ममा परिष्कावादी साहित्यका अनुयायीहरू धेरै भइसकेका छन् ।

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. जोशी, डा.कुमारबहादुर (ते.सं. २०५४), पाश्चात्य साहित्यका प्रमुख वाद, काठमाडौं : साझा प्रकाशन
  2. नेपाली साहित्यकोश (२०५५ : ७९९), शास्त्रीयतावाद, काठमाडौं : नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्

[१]

[२]

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्