नेपाली समालोचनाको काल विभाजन

नेपाली समालोचनाको विकासक्रमलाई चार चरणमा विभाजन गरी अध्ययन गरिएको पाइन्छ । []

प्रथम चरण (१९४८-१९९८)

सम्पादन गर्नुहोस्

मोतीराम भट्टको कवि भानुभक्त आचाईको जीवन चरित्र नामक समालोचानात्मक कृतिबाट नेपाली साहित्यमा समालोचना विधाको प्रारम्भ भएको देखिन्छ ।

द्वितीय चरण (१९९९- २००६)

सम्पादन गर्नुहोस्

नेपाली समालोचनालाई आधुनिकतातर्फ डोर्याउने रामकृष्ण शर्मा (१९७८-१०४३) र यदुनाथ खनाल यस चरणका उल्लेख्य समालोचक हुन् ।

तृतीय चरण (२००७-२०२४)

सम्पादन गर्नुहोस्

यस चरणमा समालोचकका रूपमा प्रसिद्धि पाउन सफल धेरै समालोचक छन्, जसमध्ये पनि र्इश्वर बराल (१९८०-२०५४), कृष्णचन्द्र सिंह प्रधान १९८२- ?) र तारानाथ शर्मा (१९९१) विशेष प्रसिद्ध छन् ।

चतुर्थ चरण (२०२५ देखि हालसम्म)

सम्पादन गर्नुहोस्

यस चरणका समालोचकहरूमा इन्द्रबहादुर राई (१९८४), केशवप्रसाद उपाध्याय (१९९०), गोविन्द भट्ट (१९९४), ठाकुर पराजुली (१९९७), मोहनराज शर्मा (१९९७), वासुदेव त्रिपाठी (१९९९), दयाराम श्रेष्ठ (२०००) को नाम अग्र पङ्क्तिमा रहेको देखिन्छ ।

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. घनश्याम कँडेल (सं) (२०५५), नेपाली समालोचना, पुल्चोक ललितपुर: साझा प्रकाशन

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्