नेपालमा भ्रष्टाचार व्यापक छ र सरकारदेखि न्यायपालिका, प्रहरी, स्वास्थ्य सेवा र शिक्षासम्मका सबै क्षेत्रमा फैलिएको छ। नेपालमा भ्रष्टाचार बढीजसो आर्थिकपक्षमा नै केन्द्रित रहेका पाइन्छन्।

पृष्ठभूमि सम्पादन गर्नुहोस्

नेपालमा भ्रष्टाचारको चर्चा गर्दा राणाकाल अघिको समयको खासै चर्चा पाउन सकिएको छैन तथापि राणाकाल देखि वर्तमान समयसम्मको भने अध्ययन गर्न सकिन्छ। इतिहासका तथ्यहरू केलाउँदा के पाइन्छ भने तत्कालीन राणाशासकहरूले जनताको ठूलो आर्थिक र सामाजिक शोषण गरेका थिए र राष्ट्रको ढुकुटीमाथि हालीमुहाली गरी आफ्ना लागि ठूला ठूला महल बनाउने र विलासी कार्यमा राष्ट्रिय सम्पत्तिको दुरुपयोग गरेको पाइन्छ। तत्कालीन राणाशासक वीरशमशेरले राष्ट्रको ढुकुटी दुरुपयोग गरेर विदेशमा आफ्नो व्यक्तिगत खातामा रकम राखी देशको सम्पत्तिपलायनको सुरुवात गरेको पाइन्छ। तत्पश्चात् राणा शासनकालभरी नै राणा शासकहरूले यसरी राष्ट्रिय सम्पत्ति दुरूपयोग गरी आफ्नो नाममा विदेश पलायन गराउने क्रम चलिरह्यो। यद्यपि राणाशासक देवशमशेरले भने देश विकास र सुधारका उल्लेखनीय कार्यहरू गरेका थिए। तथापि समग्रमा भने राणाशासन देशको आर्थिक उन्नतिमा प्रत्युत्पादक नै रह्यो र राणाकाल अघिको नेपालको आर्थिक भ्रष्टाचारको चर्चालाई छोडेर विश्लेषण गर्दा नेपालमा आर्थिक भ्रष्टाचारको पृष्ठभूमि राणाकालदेखि नै सुरुवात भएको मान्न सकिन्छ।

नेपाली समाजमा रहेको धारणा सम्पादन गर्नुहोस्

नेपालमा भ्रष्टाचारबारे चर्चा गर्दा आममानिसहरूमा आर्थिक भ्रष्टाचारलाई मात्र जोडेर हेर्ने प्रचलन रहेको पाइन्छ र उनीहरूमा यसका अन्य पक्षहरू जस्तै, नैतिक सामाजिक भ्रष्टाचार र नीतिगत भ्रष्टाचार बारे चेतनाको विकास कमै मात्र भएको देखिन्छ। हाल आएर समाजको एउटा चेतनशील वर्गले भने नैतिक सामाजिक भ्रष्टाचार र नीतिगत भ्रष्टाचार बारे पनि सर्वसाधारणलाई जागरूक गराउन थालेको पाइन्छ।

भ्रष्टाचारका विविध पक्षहरू सम्पादन गर्नुहोस्

आर्थिक भ्रष्टाचार सम्पादन गर्नुहोस्

नैतिक सामाजिक भ्रष्टाचार सम्पादन गर्नुहोस्

नीतिगत भ्रष्टाचार सम्पादन गर्नुहोस्

परिभाषा सम्पादन गर्नुहोस्

कारक तत्वहरू सम्पादन गर्नुहोस्

भ्रष्टाचारका असरहरू सम्पादन गर्नुहोस्

भ्रष्टाचार समस्या समाधानका पक्ष र प्रयासहरू सम्पादन गर्नुहोस्

उल्लेखनीय घोटालाहरू सम्पादन गर्नुहोस्

  • ओम्नी प्रकरणः "चिकित्सा आपूर्तिहरूको विवादास्पद खरीद सम्झौता"को लागि।
  • कर निर्धारण आयोगको घोटालाः भ्रष्टाचारको लागि १०.०२ अर्ब नेपाली रुपैयाँ (एनपीआर) ।
  • वाइड बडी प्रकरणः वाइड बडी विमान खरिदमा ३. ८८ अर्ब रुपैयाँको भ्रष्टाचार[१]
  • नक्कली भुटानी शर्णार्थी प्रकरणः भुटानी शरणार्थी भएको दाबी गर्दै नेपालीलाई अमेरिका पठाउने गरिएको[२]

वर्तमान समस्या समाधानका लागि उपायहरू सम्पादन गर्नुहोस्

  • सबल राजनीतिक नेतृत्वः निर्वाचन पद्धतिमा सुधार गर्नुपर्छ। असल राजनीतिक संस्कार कायम गर्नुपर्छ। अपराधको राजनीतिकरण र राजनीतिक अपराधीकरण बन्द गर्नुपर्छ । राजनीतिक दलहरुको आय व्यय सार्वजनिक गर्नुपर्छ।
  • नैतिक आचरणमा सुधारः राजनीति, प्रशासन, निजीक्षेत्र, नागरिक समाज आम सर्वसाधारण सबैमा नैतिकता र निष्ठाको प्रवर्द्धन गर्नुपर्दछ। प्रभाकारी दण्ड पुरस्कार नीति र रोल मोडल संस्कृति लागू गर्नुपर्दछ ।
  • सामाजिक मान्यता र व्यवहारमा परिवर्तनः हाम्रा सकारात्मक प्रथा, परम्परा र संस्कृतिलाई प्रवर्द्धन गर्नुपर्छ। नकारात्मक मूल्य संस्कृतिलाई हटाउँदै लैजानुपर्छ। कोसेली प्रथा दाइजो लगायत भड्किला संस्कार हटाउनुपर्छ । समाजमा धनी मान्छे सम्मानित हुने प्रवृत्ति हटाई उसको धनको स्रोत खोज्नसक्ने सामर्थ्य विकास गर्नुपर्छ।
  • आर्थिक उन्नतिमा जोडः गरिबी निवारण, रोजगार प्रवर्द्धन, मानवीय क्षमता, सीप विकास, उद्यमशीलता प्रवर्द्धन, आर्थिक रुपान्तरणमा जोड
  • जनचेतनामा वृद्धिः नागरिक सचेतना र जागरुकता प्रवर्द्धन गर्नुपर्छ । भ्रष्टाचार विरुद्ध नागरिक नियन्त्रण कायम गर्नुपर्छ।
  • दृढ राज्य नीतिः कडा कानूनी व्यवस्था भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता नीति आचारसंहिता निर्माण र कार्यान्वयन सबल संस्थागत प्रबन्ध र दृढ प्रतिवद्धता कायम गर्नुपर्छ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Setopati, Setopati ::, "Corruption of Rs 3.88b in procurement of wide-body planes: PAC sub-committee", Setopati, अन्तिम पहुँच २०२४-०३-११ 
  2. "Fake Bhutanese refugee case and high-profile politicians and officials' involvement explained - OnlineKhabar English News" (en-GBमा), २०२३-०५-०४, अन्तिम पहुँच २०२४-०३-११